काठमाडौं ५ माघ । चितुवाको छाला कारोबारको आरोपमा प्रहरीले न्युरोडबाट तीन जनालाई महानगरीय अपराध महाशाखाले बिहीबार चितुवाको छालासहित कारोबारीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बैतडीका महेशराज औजी, जनक महरा र सुरेन्द्र दयाल छन्। उनीहरुलाई न्युरोेडको भूगोलापार्कबाट पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको अपराध महाशाखाले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्