ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय उत्पादन वृद्धि गरी मुलुकको निर्यात व्यापार बढाउन उद्योगमन्त्रीको आग्रह


एबीसी / संवाददाता
१४ श्रावण २०७९, शनिबार   ६ : १३   बजे

काठमाडौं, १५ साउन । सरकारले ‘प्रधानमन्त्री राष्ट्रिय उत्पादन र उपभोग अभिवृद्धि’ कार्यक्रम कार्यान्वयनमा लागि अन्तिम चरणमा पु¥याएको जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय उत्पादन वृद्धि गरी मुलुकको निर्यात व्यापार बढाउनका लागि सो कार्यक्रमको मोडालिटी तयार गरी कार्यान्वयनको चरणमा प्रवेश गराइएको बताउनु भएको हो ।

नेपाल व्यापार संघले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यो कार्यक्रम समय सान्दर्भिक भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि निजी क्षेत्र, स्वदेशी पूँजी र बाह्य पूँजीको लगानीबारे सम्बन्धित क्षेत्रसँग छलफल भईरहेको पनि बताउनु भयो । सरकारले चलाईरहेका उद्योगहरु पनि बन्द रहेको अवस्थाको चित्रण गर्दै मन्त्री बडूले त्यस्ता उद्योगहरुको पनि संचालनका लागि सरकारले उद्योगमैंत्री वातावरण निर्माण गरिरहेको दावी समेत गर्नु भयो । उहाँले सरकार र निजी क्षेत्र मिलेर अघि नबढने हो भने फेरी पनि चिन्ता गरेर बस्नुको विकल्प नहुने बताउनु भयो ।

मन्त्री बडूले सरकारले संचालन गरिरहेको उद्योगधन्दा र औद्योगिक क्षेत्रलाई पूर्ण क्षमतामा संचालन गर्न पनि निजी क्षेत्रको सहकार्य अति जरुरी रहेको बताउनु भयो । उहाँले निर्यात बढाउने कामका लागि सरकारले आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको दोहो¥याउनु भयो । कार्यक्रममा एबीसी टेलिभिजनका ब्यूरो प्रमुख रविन्द्र पौडललाई पत्रकारीताको माध्यमबाट आर्थिक क्षेत्रमा टेवा पुराएको भन्दै नेपाल व्यापार संघले कदर पत्रसहित सम्मान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

सम्बन्धित

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बेदिका केसी राति नै छुटिन्, १० बजे सरकारी वकिलको कार्यालयमा हाजिर हुने शर्त

महोत्तरीमा खाना खाँदाखाँदै होटल कर्मचारीको मृत्यु, ताप्लेजुङमा फलैँचाबाट लडेर युवकको ज्यान गयो

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu