ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रिहानको उपचारमा ग्राण्डी अस्पताल संवेदनशील नभएको उच्च अदालतको ठहर


एबीसी / संवाददाता
१५ श्रावण २०७९, आइतबार   ७ : २९   बजे

काठमाडौं । काठमाडौंका एकता घिमिरे र सञ्जीव न्यौपानेका नवजात छोरा रिहानलाई उपचार गर्दा लापरबाही गरेको भन्दै ३५ लाख तिराउने गरी उच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ।

न्यायाधीश सुवास पौडेल र हरिप्रसाद पौडेलको इजलासले जेठ ९ गते गरेको फैसलाको पूर्णपाठमा ग्राण्डी अस्पतालले रिहानको उपचार गर्दा चरम लापरवाही गरेको भन्दै पीडितलाई ३५ लाख भराउन आदेश गरेको छ।
‘चिकित्सक होसियार नभई हेलचक्र्याइँपूर्वक बिरामीको चेकजाँच गरेमा चिकित्सकको सो कार्य लापरवाहीअन्तर्गत पर्दछ। चिकित्साशास्त्र अन्तर्गत चिकित्सकको गल्ती वा लापरवाही वा व्यवसायीक मापदण्ड अनुरूपको कर्तव्य पूरा गरेको भए नोक्सानी हुने अवस्था नै सिर्जना हुने थिएन,’ फैसलामा भनिएको छ, ‘प्रस्तुत मुद्दाको सन्दर्भमा मिसिल संलग्न प्रमाण कागजहरूबाट बिरामीप्रति सो अस्पतालबाट विशेष ख्याल भएको भन्ने देखिन आएन। बच्चालाई त्यस अस्पतालबाट उपचार गर्दागर्दै पनि सो अवस्थामा उपचार गर्न नसकिने अवस्था भएमा अन्य अस्पताल रेफर गर्न सक्ने अवस्था देखिन्छ, तर अस्पतालबाट अन्यत्र पठाउने प्रयाससम्म पनि गरेको देखिँदैन। त्यस अस्पतालबाट पनि बच्चाको संवेदनशिलतामा खासै ख्याल पुर्‍याएको पनि पाइएन।’

नेपाल मेडिकल काउन्सिलले २०७६ मंसिरमा ग्राण्डी अस्पतालका निर्देशक, व्यवस्थापन प्रमुख, बाल विभागलाई सचेत गराएको साथै उपचारमा संलग्न डाक्टर दिपिका ढकाललाई दोषि देखाएपछि अस्पतालले निष्कासन गरेको थियो।

काउन्सिलले गरेका यी कारबाही सदर गर्दै उच्च अदालतले अस्पतालले पीडित परिवारलाई परेको आर्थिक मानसिक पीडाको केही राहतस्वरूप ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group