ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गडरीया दम्पतीको हत्यामा अर्का युवापनि सामेल भएको खुलास


एबीसी / संवाददाता
२८ श्रावण २०७९, शनिबार   ११ : ४८   बजे

दाङ, साउन २८ । बाँकेको कोहलपुर नगरपालिका १४ पार्वतीपुरमा एक दम्पतीको हत्यामा अर्का एक युवकको पनि संलग्नता खुलेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी एनबहादुर मल्लले पक्राउ परेकाको बयानका आधारमा नेपालगञ्ज उपमहानगरपालिका १९ सुर्जे गाउँका २६ वर्षीय राजु बेहेना पनि उक्त घटनामा संल्गन व्यक्ति हुन्।

२५ वर्षीय कृष्ण गडरिया र उनकी २३ वर्षीया श्रीमती अञ्जलीको हत्यामा संलग्न खुलेको डिएसपी मल्लले सेतोपाटीलाई जानकारी दिए।

साउन १० गते बिहान आफ्नै घरमा एक वर्ष पहिले बिहे गरेका गडरिया दम्पतीको हत्या भएको थियो। घटना लगतैदेखि आरोपित बेहेना फरार रहेको र उनको खोजी जारी रहेको डिएसपी मल्ले बताए।

प्रहरीका अनुसार गडरिया दम्पतीको हत्यामा संलग्नमध्य नेपालगन्ज – १९ सूर्जे गाउँकै १९ वर्षीय राजन सोनकर र वडा नम्बर १८ लकदवाका २६ वर्षीय सकिल अली शेष पक्राउ परेपछि घटना अनुसन्धान गर्ने क्रममा बेहेनाको पनि संलग्नता खुलेको हो।

‘सोनकर र शेष पक्राउ परेपछि अनुसन्धान गर्ने क्रममा बेहेनाको पनि संलग्नता खुलेको हो ,’ डिएसपी मल्लले भने, ‘आरोपित भाग्न नपाओस भनेर उनको खोजी जारी राखिएको छ। बेहेना भागेर छिमेकी देश भारतमा पुगिसकेको प्रहरीको भनाई छ।

कृष्णका सहोदर दाजु विजयकुमार र उनकी श्रीमती रेखाको योजनामा नेपालगञ्जकै ‘कन्ट्र्याक्ट किलर’ प्रयोग भएको तथ्य प्रहरी अनुसन्धानबाट खुलिसकेको छ।

प्रहरीका अनुसार हत्यामा प्रयोग भएका ब्यक्तिले घटना हुनुभन्दा अघिल्लो दिन ५० हजार बुझेका थिए।

पाँच लाखमा भाइ–बुहारीको हत्या गर्न भनेर ‘कन्ट्रयाक्ट किलर’ लाई दाजु विजयकुमारले सुपारी दिएर योजना बनाएको तथ्य खुलेको डिएसपी मल्लले यसअघि नै सेतोपाटीलाई जानकारी दिएका थिए। दाजु भाउजु घरको माथिल्लो तला र भाइ बुहारी तल्लो तलामा बस्दै आएका थिए। घटना घटाइएको समयमा उनका बुवाआमा धार्मिक भ्रमणमा भारतमा थिए।

बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बाबुआमाले भाइ–बुहारीलाई बढी माया गरेको र आफूहरूलाई टाढा बनाएको बाहानामा दाजु विजयकुमारले हत्या योजना बुनेको यसअघि नै बताएका थिए ।

भाइलाई बुहारीले कुरा लाउने र भाइले बुवालाई उचालेर आफूलाई कुटेको हुँदा त्यसकै बदला लिन दाजु भाउजु मिलेर भाइ बुहारीको हत्याको योजना बनाएको एसपी अधिकारीले बताएका थिए।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group