ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावमा भोट हाल्न प्रवासी नेपालीलाई राप्रपाको आग्रह


एबीसी / संवाददाता
२९ श्रावण २०७९, आइतबार   ११ : ३८   बजे

 

२९ साउन, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा स्वदेश फर्किन प्रवासी नेपालीलाई आग्रह गरेका छन् ।

पार्टीको केन्द्रीय प्रवास विभागको आयोजनामा भएको प्रवासी नेपाली एकता समाज पानसको अन्तर्राष्ट्रिय समिति र विभिन्न २७ देशका राष्ट्रिय समन्वय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले चुनावको बेला भोट हाल्न नेपाल आउन आग्रह गरेका हुन् ।

मतबाटै देशको अवस्था बदल्न सकिने भन्दै लिङ्देनले चुनावको बेला नेपाल आउन आग्रह गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
‘अहिले नै नेपाल आउँदै हुनुहुन्छ भने केही समय पर सार्नुस् र निर्वाचनको बेला नेपाल आउनुस्, चुनावी अभियानमा सहभागी हुनुस् भनेर अध्यक्षज्यूले प्रवासी नेपालीहरुलाई भन्नुभयो,’ प्रवक्ता श्रेष्ठले भने ।

सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

प्रवासले राप्रपाप्रति भरोसा गरेको भन्दै अध्यक्ष लिङ्देनले उक्त भरोसालाई भोटमा रुपान्तरण गर्नुपर्ने बताएका थिए । जनताले यथास्थितिबाट मुक्ति खोजिरहेको बेला राप्रपा भरपर्दो विकल्प बनेर अगाडि बढिरहेको जिकीरसमेत उनले गरे ।

राप्रपाका केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारीको अध्यक्षतामा भएको बैठकमा पार्टीका प्रवक्ता मोहन श्रेष्ठ, सहायक महामन्त्री विजय खड्का, पानस आईसीसीका अध्यक्ष प्रेमकुमार श्रेष्ठ, आईसीसीका पदाधिकारी तथा सल्लाहकारहरु, विभिन्न २७ देशका राष्ट्रिय समन्वय समितिका पदाधिकारीको उपस्थिति थियो ।

प्रवासमा रहेको पार्टीको संगठनलाई चलायमान र परिणाममुखी बनाउन भर्चुअल बैठक फलदायी भएको विभागकी सदस्य सचिव सन्तोषी शाही ठकुरीले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group