धनकुटा ६ माघ । आन्दोलनकारी, राजनीतिक दल र स्थानीय प्रशासनबीच भएको छलफल बिना निष्कर्ष टुंगिएपछि स्थानीय प्रशासनले धनकुटामा आज शनिबार पनि निषेधाज्ञा जारी गरेको छ । शनिबार विहान बजारमा माइकिङ गरेर निषेधाज्ञा लगाएको हो । धनकुटावासी र राजनीतिक दलको आन्दोलनको स्वरुप परिवर्तन नभएसम्म निषेधाज्ञा जारी रहेने धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतिले जानकारी दिए ।
शुक्रबार दिनभरी भएको छलफलमा आन्दोलनकारी र स्थानीय प्रशासनले आ–आफ्नो अडान नछाडेपटि धनकुटा तनावग्रस्त बनेको छ । निषेधाज्ञा लगेको क्षेत्रमा पसल खोल्न र हिडडुल गर्न दिने स्थानीय प्रशासनले घोषणा गरेपनि आम हड्तालको कारण बजार बन्द रहेको छ।
स्थानीय प्रशासनले शुक्रबार साँझ ५ः३० बजे पछि स्कर्टिङमा यातायात चलाउन थाले पनि शानिबार बिहानैदेखि कोशी राजमार्गमा सवारी साधान चलेका छैनन्।
प्रतिक्रिया दिनुहोस्