ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यान र क्रिक एचक्युबीच तीन वर्षको लागि सम्झौता


एबीसी / संवाददाता
४ भदौ २०७९, शनिबार   १२ : ३९   बजे

४ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटमा विश्वकै ठूलो डिजिटल प्लेटफर्म कम्पनी क्रिक एचक्युसँग सम्झौता गरेको छ ।

क्यानले शनिबार एक विज्ञप्ति निकाल्दै न्युजिल्याण्डको कम्पनी क्रिक एचक्युसँग तीन वर्षको सम्झौता गरिएको जनाएको छ ।

 

क्यानले विश्वको सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म क्रिक एचक्युसँगको साझेदारीले सबै तहका क्रिकेटका डिजिटलाइजेसन, लाइभ स्कोरिङ र स्ट्रिमिङलगायत प्राविधिक विकास ल्याउन मद्दत पुग्ने विश्वास लिएको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले क्रिक एचक्युसँगको साझेदारीले उत्साहित रहेको र यस सहकार्यले क्यानका लागि पूर्ण डाटाबेस विकास गर्नमा धेरै मद्दत पुग्ने बताए । उनले भनेका छन्, ‘क्यानले क्रिक एचक्युसँग साझेदारी गरेकोमा हामी हर्षित छौं। म विश्वस्त छु कि हाम्रो साझेदारीले क्यान को लागि एक पूर्ण डाटाबेस विकास गर्नमा धेरै अगाडि जानेछ जसले हाम्रा प्रशिक्षक, सहयोगी कर्मचारी र खेलाडीहरू अझ राम्रो प्रदर्शन गर्न मद्दत मिल्नेछ ।

 

क्रिक एचक्युका सीईओ इरिन वाल्सेले क्यानसँगको साझेदारीबाट धेरै उत्साहित भएको बताउँदै नेपाली क्रिकेटको डिजिटलाइज गर्न मद्दत गर्न तत्पर रहेको बताए । ‘नेपाल क्रिकेट संघसँगको हाम्रो साझेदारीबाट म धेरै हर्षित र साँच्चै उत्साहित छु। हामी उनीहरूलाई खेलका सबै तहहरूमा उनीहरूको क्रिकेट समुदायलाई डिजिटलाइज गर्न मद्दत गर्न तत्पर छौं,’ वाल्सेले थपे, ‘क्रिक एचक्यु सँगसँगै माई एक्सन रिप्लेले क्यान लाई आफ्ना खेलाडीहरू, फ्यानहरू र फराकिलो क्रिकेट समुदायको पनि संलग्न हुन सक्ने डेटा सङ्कलन गर्न मद्दत गर्नेछ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group