ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच वर्षका लागि काँग्रेस प्रतिपक्षको भूमिकामा : मन्त्री विश्वकर्मा


एबीसी न्यूज
६ माघ २०७४, शनिबार   ४ : १०   बजे

कैलाली, ६ माघ ।   वाणिज्यमन्त्री मीन विश्वकर्माले नेपाली काँग्रेस पाँच वर्षका लागि प्रतिपक्षको भूमिकामा रहने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले जनताले काँग्रेसलाई प्रतिपक्ष भएर बस्नका लागि जनादेश दिएकाले सरकारमा नजाने बताउनुभयो । नेपाली काँग्रेसका नेतासमेत रहनुभएका विश्वकर्माले प्रदेशको अस्थायी राजधानीको विषयलाई लिएर आन्दोलन नगर्न आग्रह गर्नुभयो ।

संविधानको पूर्ण कार्यान्वयन गराउन राष्ट्रियसभाको निर्वाचन गर्नुपर्ने बाध्यता छ र त्यसका लागि वर्तमान सरकारले अस्थायीरुपमा राजधानी तोकेको मन्त्री विश्वकर्माले स्पष्ट पार्नुभयो ।

उहाँले सम्बन्धित प्रदेशले विधिसम्मत ढंगले आफ्नो राजधानी तोक्न सक्ने जिम्मेवारी भएकाले त्यसैमा अल्झिएर आन्दोलन गरिरहन उपयुक्त नभएको उल्लेख गर्नुभयो ।
“राजधानी तोकिँदैमा विकास हुन्छ भन्ने मनसायबाट हामी जानु हुँदैन” मन्त्री विश्वकर्माले भन्नुभयो “देश संघीय संरचनामा गइसकेको छ, सम्पूर्ण अधिकार स्थानीय तहमा पुगिसकेका छन् । राजधानी जहाँ भए पनि स्थानीयवासीलाई कुनै असर पर्दैन ।” उहाँले नेपाली काँग्रेसप्रति जनताको विश्वास, लोकप्रियता, भरोसा अझै कायम रहेको बताउनुभयो ।

उहाँले वर्तमान सरकारले ७ नम्बर प्रदेशको विकासका लागि महाकालीको डिपीआर, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह, गौरीफण्टा नाकाको स्तरोन्नति, सुदूरपश्चिममा पोलिटेक्निकल इन्ष्टिच्युट बनाउने काम अघि बढाइसकेको बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ताप्लेजुङमा ट्याक्टर मैवाखोलामा खस्दा दुई जना बेपत्ता

आठ वर्षदेखि अलपत्र पोखराको फिर्के पुललाई १ करोड २७ लाख बजेट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ताप्लेजुङमा ट्याक्टर मैवाखोलामा खस्दा दुई जना बेपत्ता

भोटेकोशी बाढीमा बेपत्ता आफन्तको डीएनए नमूना दिन तनहुँ प्रहरीको आग्रह

लाङटाङ लिरुङदेखि भोटेकोसीसम्म : एउटा चट्टान टुक्रिँदा कसरी बन्यो महाविपत्ति?

Australia Proposes ‘Opt Out’ Law for Social Media Algorithms

Myanmar’s New President Min Aung Hlaing Embarks on Diplomatic Tour

Election Year Enters Final Stretch as Trump Holds Wild Cards

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu