ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीबीएल ड्राफ्टमा सुबास खकुरेलको देश क्यानडा


एबीसी / संवाददाता
६ भदौ २०७९, सोमबार   ११ : ४२   बजे

काठमाडौं, ६ भदौ । अष्ट्रेलियामा हुने फ्रेन्चाइज लिग क्रिकेट बिग बास लिग ९बीबीएल० का लागि विदेशी खेलाडीको ड्राफ्टमा नेपाली क्रिकेटर सुबास खकुरेल पनि छन् तर उनको देश भने क्यानडा राखिएको छ । खकुरेलसँगै क्यानडाबाट दुई खेलाडीलाई बीबीएल ड्राफ्टमा राखिएको छ ।

नेपालको राष्ट्रिय टिमबाट खेल्दै आएका र नेपालमै रहेका सुबास खकुरेल क्यानडेली नागरिक बनेका भने होइनन् ।
उनले नेपालको तर्फबाटै नाम दर्ता गराएका थिए । तर गल्तीका कारण देशमा क्यानडा उल्लेख हुनु पुगेको खकुरेलले बताए ।

क्यानको अर्थ क्यानडाको क्यान बुझ्दा यस्तो भएको खकुरेलले बताए । ‘नेपाल क्रिकेट संघको छोटकरी नाम क्यान हुन्छ । क्यानडाको नि छोटकरी रुपमा लेख्दा क्यान हुन्छ । नेपालको क्यानलाई क्यानडाको क्यान बुझेकोले त्यसो भएको हो,’ सुबासले भने, ‘म क्यानडा गएको होइन है ।’

बीबीएलको १२औं संस्करण डिसेम्बर १३ मा सुरु हुँदैछ । पहिलो पटक विदेशी खेलाडीको ड्राफ्टमार्फत अनुबन्ध गर्न लागिएको हो । ड्राफ्ट यही अगष्ट २८ मा हुनेछ । नेपालका कप्तान सन्दीप लामिछानेको नाम पनि ड्राफ्टमा समावेश छ । यसअघि होबार्ट हुरिकेनबाट खेलेका सन्दीपलाई होबार्टले ड्राफ्ट अघि रिटेन पनि गर्न मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल जितविहीन

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

फिफा विश्वकप फुटबलमा फ्रेन्च स्टार एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट

नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu