ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१६ खेलमा खेलाडी छनोट हुने


एबीसी / संवाददाता
७ भदौ २०७९, मंगलबार   ४ : ०९   बजे

पांचथर, ७ भदौं । नवाँैं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पाँचथरबाट १६ खेलमा खेलाडी छनोट हुने भएका छन् । जिल्ला खेलकुद विकास समिति पाँचथरका अनुसार प्रदेश नं १ प्रदेश खेलकुद विकास बोर्डले पाँचथरलाई विभिन्न १६ खेलमा खेलाडी छनोट गर्ने कोटा निर्धारण गरेको छ ।

भदौ १ गतेबाट खेलाडी छनोट सुरु भएको हो । जिल्लामा छनोट भएका खेलाडी प्रदेश खेलकुद प्रतियोगितामा सहभागी हुने र प्रदेश खेलकुद प्रतियोगिताबाट छनोट भएपछि नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन पाउँछन् । जिल्लाबाट फुटबल, भलिबल, ब्याडमिन्टन, तेक्वान्दो, कराँते, बक्सिङ, टेवलटेनिस, कबड्डी, उसु, वुद्धिचाल, कुस्ती, एथलेटिक्स, फुलकन्ट्र्याक्ट कराँते, जुडो र आइटीएफ तेक्वान्दोका खेलाडी छनोट हुन लागेको जिल्ला खेलकुद विकास समिति पाँचथरले जनाएको छ ।

छनोट कार्य यही भदौ ९ गतेभित्र सम्पन्न गर्ने तयारी गरिएको जिल्ला खेलकुद विकास समिति पाँचथरका कार्यालय प्रमुख दुस्यन्त बस्नेतले जानकारी दिनुभयो । खेलमैदान तथा अन्य संरचनाको अभावले खेलाडी छनोटको कार्य यस पटक सदरमुकामभन्दा बाहिर समेत भइरहेको छ ।
अधिकांश खेलको छनोट सुरु भएको बस्नेतले जानकारी दिनुभयो । जिल्लाबाट छनोट हुने खेलाडीको सङ्ख्या यकिन हुन बाँकी रहेको, तर प्रशिक्षकले आवश्यकभन्दा बढी खेलाडी योग्यताक्रम अनुसार छनोट गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

विश्वकपमा अर्को सनसनी : केप भर्डेले उरुग्वेलाई रोकेर इतिहास रच्यो, २–२ को बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group