ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बार्सिलोना, बायर्न, एट्लेटिको मड्रिड र टोटनह्याम विजयी, लिभरपुल र इन्टर मिलान पराजित


एबीसी / संवाददाता
२३ भदौ २०७९, बिहिबार   ९ : ५३   बजे

काठमाडौं, २३ भदौ ।  च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले चेक क्लब भिक्टोरिया प्लेजनलाई हराएको छ । गएराति भएको खेलमा रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाले प्लजेनलाई ५–१ गोलको अन्तरले हराएको हो ।

फ्रेन्की किसी र फेरान टोरेसले एकरएक गोल गरे । पाहुना टोलीका जान सिकोराले एक गोल फर्काए । समूह ‘सी’ मा बार्सिलोनाले सुखद सुरुवात गरेको छ । अर्को खेलमा टोटनह्यामले फ्रान्सेली क्लब मार्सेलीलाई २–० ले हराएको छ ।

टोटनह्यामका रिचर्डलिसनले अन्तिम समयमा दुई गोल गरे । समूह ‘डी’ मा टोटनह्यामले तीन अङ्क जोडेको छ । यो समूहको अर्को खेलमा पोर्चुगिज क्लब स्पोर्टिङले जर्मन क्लब फ्रेन्कफर्टलाई ३–० ले हराएको छ । च्याम्पियन्स लिग फुटबलको अर्को खेलमा इटालियन क्लब नापोलीसँग लिभरपुलले लज्जास्पद हार ब्यहोरेको छ ।

गएराति भएको समूह चरणको पहिलो खेलमा नापोलीले प्रिमियर लिग क्लब लिभरपुललाई ४–१ गोलले हराएको हो । नापोलीको जितमा जिलिस्की पेनले दुई, जाम्बो एन्गुइसा र जियोवानी शिमोनले एकरएक गोल गरे । लिभरपुलका लुइज डियाजले एक गोल फर्काए । समूह ‘ए’ को पहिलो खेलमा लिभरपुलले खराब प्रदर्शन गरेको हो । नापोलीले तीन अङ्क जोडेको छ । त्यही समूहको अर्को खेलमा डच क्लब आजाक्सले रेन्जर्सलाई हराएर तीन अङ्क जोडेको छ ।

च्याम्पियन्स लिग फुटबलको समूह चरणको पहिलो खेलमा जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब इन्टर मिलानलाई हराएको छ । बायर्नले घरेलु टोली इन्टर मिलानलाई २–० गोलले पराजित गरेको हो । बायर्नको जितमा लिरोए सानेले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको ६६औँ मिनेटमा डानिलो डी एम्ब्रुसोले आत्मघाती गोल गरे ।

अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा एट्लेटिकोले १० खेलाडीमा समेटिएको पोर्चुगिज क्लब एफसी पोर्टोलाई २–१ ले पराजित गरेको हो । एट्लेटिकोको जितमा मारियो हर्मोसो र एन्टोइन ग्रिजमनले गोल गरे । पोर्टोका मेटेअस युरिवेले एक गोल फर्काए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल जितविहीन

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

फिफा विश्वकप फुटबलमा फ्रेन्च स्टार एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट

नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu