पोखरा, ७ माघ । प्रदेश नम्बर ४ को प्रदेशसभा सदस्य दीपक मनाङ्गे नगर विकास प्रशिक्षण केन्द्रमा रहेको हलमा आयोजना गरिएको शपथ ग्रहण कार्यक्रममा गएनन् । मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट विजयी भएका थिए । तर, प्रदेशसभा सदस्यको सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएपनि उनको पद भने कायमै छ ।
प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार बिहान पदभार ग्रहण गरेलगत्तै सपथ ग्रहणको कार्यक्रम भएको थियो । ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई पाँच वर्षको जेल सजाय गर्ने पुनरावेदन अदालतको फैसलालार्इ सर्वोच्च अदालतले सदर गरेको थियो ।
प्रहरीको फरार सूचीमा रहेका मनाङ्गेलाई पक्राउ गर्न आदेश आइसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अशोक सिहंले भने शपथ लिन आए यहीँ पक्राउ गर्ने आदेश थियो । आएको भए पक्रेर बुझाउँथ्यौ ।’
प्रतिक्रिया दिनुहोस्