ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ का सांसदले लिए जनताको नाममा सपथ


sharan sharan
७ माघ २०७४, आइतबार   ९ : ३८   बजे

बुटवल, ७ माघ । प्रदेशसभा अन्तर्गत प्रदेश नम्बर ५ का सभासदहरुले आज जनताका नाममा सपथ लिएकाछन् । उनीहरुले बुटवल स्थित उद्योग बाणिज्य संघको सभा कक्षमा आयोजित प्रदेससभा बैठकमा सपथ लिएका हुन् ।
सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशसभाका जेष्ठ सदस्य बलदेव शर्मा पोखरेललाई सपथ गराउनुभएको थियो भने जेष्ठ सदस्य पोखरेलले सभासदहरुलाई सपथ गराउनुभएको थियो । प्रदेश नम्बर ५ का १२ जिल्लाका ८७ जना सभासदले सपथ लिएका थियो । प्रदेश नम्बर ५ मा प्रत्यक्ष तर्फ ५२ र समानुपातीक तर्फ ३५ सभासद छन् ।
सपथ ग्रहण कार्यक्रममा प्रतिनिधी सभा रुपन्देहीका सदस्य तथा एमाले उप माहासचिव बिष्णु पौडेल, नेपाली कांग्रेसका नेता बालकृष्ण खांड लगायतको उपस्थिती रहेको थियो ।
सपथ लगत्तै एबीसी न्युज संग प्रतिक्रिया ब्यक्त गर्दै एमाले सचिव शंकर पोखरेलले ५ नम्बर प्रदेशलाई समृद्ध बनाउनु नै आफ्नो लक्ष रहेको बताए ।
नेपाली कांग्रेसका नेता बालकृष्ण खांडले आपसि भाईचारा र मेलमिलाप कायम गर्दै शान्ति र समृद्धीको बाटोमा अगाडी बढाउन प्रदेशसभा सक्षम हुने बिश्वास ब्यक्त गरे ।
सपथमा सहभागि सभासदहरुले सभास्थलमा राष्ट्रिय झण्डा नराखिएको, मातृभाषामा सपथ खाने ब्यवस्था नगरिएको र कार्यक्रम भद्रगोल बनाईएको भन्दै दुःख ब्यक्त गरेका थिए । बर्दियाका प्रदेशसभा सदस्य तिलकराम शर्माले राष्ट्रिय झण्डा बिनाको सपथ खानु पर्दा दुःख लागेको बताए भने बांकेका सांसद बिजय यादवले आफुले अवधि भाषामा सपथ खान माग गर्दा ब्यवस्था नगरिएको गुनासो गरेका थिए ।
सपथ ग्रहणमा सभासदहरुले सार्वजानीक फोटो सेसन समेत गरेका थिए । सपथग्रहण पुर्व प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले बुटवल स्थित रुपन्देही ब्यापार संघको भवनमा स्थापना गरिएको प्रदेश सचिवालयमा पदभार ग्रहण गर्नुभएको थियो ।
उता एमाले प्रदेश संसदियदलको बैठकले सर्बसम्मत रुपमा एमाले सचिव शंकर पोखरेललाई संसदिय दलको नेता चयन गरेको छ । एमाले प्रदेश मुख्यालय सुख्खानगरमा बसेको संसदिय दलले पाखरेललाई दलको नेता चुनेको हो । माओबादी केन्द्रको पनि आजै बुटवलमा संसदिय दलको बैठक बसेको थियो । प्रदेश सरकार प्रमुखमा यस अघि नै शंकर पोखरेलको सहमती भएका कारण माओबादीले संसदिय दलको नेता भने चुनेनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group