दैलेख , ७ माघ । दैलेख उद्योग वाणिज्य संघ दैलेखको चुनावको मिति नजिकिदैगर्दा जिल्लामा रहेको दुई प्यान विच मतआफ्नो पक्षमा लिन निकै प्रतिस्प्रर्धा गरेका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकटका व्यापारीहरु र नेपाली काँग्रेस, राप्रपा र जनमोर्चा निकटका व्यापारीहरुको दुईवटा प्यानलमा विभाजित ब्यापारीहरु यति वेला चुनावी गणित सहित प्रचार प्रसार अभियान तीव्र बनाएका छन् ।
प्रदेश र प्रतिनिधि सभामा वाम गठबन्धनले पुरै प्यानल विजयी भएकोले दैलेखमा यसपालिको उद्योगीको चुनावपनि सहजै वाम गठबन्धन निकटका प्रगतिशिल प्यानलका व्यापारीहरुले जित्ने दावी गर्दै प्रचारमा लागेका व्यापारीहरुको समूह छ । अर्कोतर्फ सबै शक्ति लगाएर भएपनि दैलेख उद्योग वाणिज्य संघमा विजयी हुने रणनीतिका साथ लोकतान्त्रिक गठबन्धन चुनावी मैदानाम रहेको छ ।
एमाले र माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार नरेन्द्र थापा,सदस्य पदका उम्मेदवार द्धय कृष्ण श्रेष्ठ र ताराकेशर अधिकारी, निर्वाचन प्रचार प्रसार समितिका संयोजक शान्ति शर्मा, दैलेख उद्योग वाणिज्य संघ दैलेखका बर्तमान सदस्य डम्बर खड्का होलिडे, कानुन व्यवसायी तथा प्रतिष्ठीत व्यापारि माधव अधिकारी, सनोज कायस्थ, सम्शेर सम्म, प्रेम वली, विष्णु शर्मा, एमाले यूवा नेता जनक न्यौपाने लगायतले स्थानीय उद्योगी व्यापारिहरु सँगै अन्तरक्रिया सँगै छलफल गरिरहेका छन् । स्थानीय साना व्यापारिक केन्द्रहरुमा पुग्दा स्थानीय उद्योगी व्यापारिहरु निकै उत्साहित बनेका छन् । दैलेख जिल्लाका विभिन्न गाउ पालीका र नगरपालीकाहरुमा रहेका बजार क्षेत्रमा पुगेर प्रचार प्रशारलाई तिव्रता दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्