काठमाडौं, ८ माघ । अफगानिस्तानको एक होटलमा भएको आक्रमणमा ४ अफगानीसहित १४ जनाविदेशी नागरिकको ज्यान गएको छ ।
काबुलमा रहेको एक होटलमा बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेका थिए । ४ सर्वसाधारणसहित १० जना घाइते भएका छन् । सुरक्षाफौजको कारबाहीमा ३ जना आक्रमणकारी पनि मारिएका बिबिसीले जनाएको छ ।
मारिनेमा ९ जना जर्मनी, कजाकिस्तान र ग्रीकका एक एकजना नागरिक छन् । १ सय ६० जनालाई उद्धार गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्