ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाखुशीमा पैचो पसलको आफ्नै बिक्री कक्ष सुरु


admin
८ माघ २०७४, सोमबार   ३ : ०५   बजे

काठमाडौं, ८ माघ । राजधानीको सामाखुशी चोकमा पैचो पसल प्रा.लि.ले बिक्री कक्ष सुरु गरेको छ । पैचो पसलले आफ्ना उत्पादन राजधानीको बजारमा भित्र्याएको एक वर्षपछि आफ्नै आधिकारिक विक्री कक्ष संचालनमा ल्याएको हो ।

बिक्री कक्षको पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आज शुभारम्भ गर्नुभयो । बिक्री कक्ष शुभारम्भ गर्दै पूर्वस्वास्थ्यमन्त्री पोखरेलले पैचोका उत्पादनहरुले अर्गानिक उत्पादनमा जोड दिने विश्वास व्यक्त गर्नुभयो ।

पहाडी र उच्चपहाडी भूभागका कच्चा पदार्थ प्रयोग गर्दै पैचोले अचार, जाम, टोमेटो केचप, सस, मकैको आटो, कोदोको पिठो, फापरको पिठो, सिन्की, मस्यौरा, दाल लगायतका खाद्य वस्तु उत्पादन गरिरहेको छ ।

ओजस आयुर्वेद अस्पतालको सहकार्यमा सुरु भएको विक्रि कक्षमा पैचोका सबै उत्पादनहरु पाइने भएको छ । ओजस अस्पतालका प्रबन्ध निर्देशक नारायण आचार्यले पहाडी उच्चपहाडी क्षेत्रका उत्पादनहरु स्वथ्यकर हुने भएकाले पैचोलाई एउटा मिसनको रुपमा अघि बढाउन चाहेको बताउनुभयो ।

‘बसे पनि शहर गाउंकै खाने रहर’ भन्ने नाराका साथ डेढ वर्षदेखि गुल्मीको रिडीमा अत्याधुनिक प्रशोधन केन्द्र खोलेर सुरु गरिएका उत्पादनहरु लिएरु पैचो पसल एक वर्ष अघिदेखि राजधानीको बजारमा प्रवेश गरेको थियो । अहिले हेटौंडादेखि सुदुर पश्चिमसम्म आफ्ना उत्पादनहरु पुर्याइसकेको पैचोका मुख्य बजार व्यवस्थापक लक्ष्मण गैरेले जानकारी दिनुभयो ।

गुल्मी र पाल्पाका किसानले उत्पादन गरेका सबै खाद्य बस्तुहरु खरिद गर्दै आएको पैचोले अहिले कालिकोट, सुर्खेत, दैलेख, रुकुम, रोल्पा, प्यूठान, बागलुङ, पर्वत, स्याङ्ग्जाका किसानका उत्पादनहरु खरिद सुरु गरेको छ ।

पैचोले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रमाणित गरेको इन्ट्रिग्रेटेड पेस्ट मेनेजमेन्ट (आईपीएम) प्रणालीका उत्पादन र पूर्ण अर्गानिक उत्पादनलाई मात्र प्राथमिकता दिने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu