ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन सेवा शुल्कले गरायो फाईदा, बोर्डको आम्दानी बढेर ८७ करोड


admin
८ माघ २०७४, सोमबार   ३ : २७   बजे

काठमाडौँ, ८ माघ । नेपाल आउने पर्यटकको संख्यामा भएको वृद्धिसँगै नेपाल पर्यटन बोर्डको आम्दानीसमेत वृद्धि भएको छ ।

नेपालका उडान गरिरहेका अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकले पर्यटन सेवा शुल्कबापत बुझाउने रकममा बढोत्तरी भएको हो ।

बोर्डका अनुसार सन् २०१७ मा मात्रै रु ८७ करोड पर्यटन सेवा शुल्कका रुपमा उठेको छ । सन् २०१६ मा त्यस्तो शुल्क रु ५७ करोड मात्रै उठेको थियो ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१७ मा मात्रै करिब नौ लाख ४० हजार ६९३ पर्यटक नेपाल भित्रिएका थिए । त्यसमध्ये ९० प्रतिशतभन्दा बढी पर्यटक हवाई माध्यमबाट नेपाल आएका थिए । अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकले सो परिणामको रकम बुझाएका हुन् । तर केही वायु सेवा प्रदायकले भने सोही शुल्कसमेत तिर्न अटेर गरेका छन् ।

नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकले नेपाली र भारतीय नागरिकबाहेक अन्य विदेशी नागरिकसँग प्रतिव्यक्ति रु एक हजारका दरले पर्यटन सेवा शुल्क उठाउने गरिएको छ । आन्तरिक उडान गर्दा विदेशी नागरिकले त्यस्तो शुल्क तिर्नु पर्दैन ।

नेपालमा स्वदेशी दुईसहित ३० वायु सेवा प्रदायकले उडान भर्दै आएका छन् । विमानमा के कति मात्रामा पर्यटक आउँछन् वा जान्छन् सोही आधारमा शुल्कको परिमाण घटी, बढी हुने गरेको पाइएको छ । प्रत्येक महिना वायु सेवा प्रदायकले सो शुल्क बोर्डलाई बुझाउनुपर्छ । वायु सेवा प्रदायकलाई बोर्डले तीन प्रतिशत कमिसन सो शुल्क उठाएबापत प्रदान गर्ने गरेको छ ।

तर उक्त शुल्कको सदुपयोग नभएको भन्दै सरोकार भएका संस्था वा निकायले बोर्डको पारदर्शीतामाथि प्रश्न उठाउने गरेका छन् । बोर्डको प्रमुख आम्दानीका रुपमा उक्त शुल्क रहेको छ । नेपालको पर्यटन प्रवद्र्धनमा सोही शुल्क खर्च गर्ने गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।

नेपालको पर्यटन प्रवद्र्धनमा ठोस कार्ययोजना ल्याउने हो र विदेशमा प्रचारप्रसार गर्ने हो भने उक्त शुल्कमा समेत थप बढोत्तरी हुने देखिएको छ । पर्यटन पूर्वाधारको विकास र नेपालको मौलिकताको प्रवद्र्धन गर्नेतर्फ ध्यान दिनुपर्ने आवाज उठेको छ ।

बोर्डले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) मार्फत रकम उठाउँदै आएको छ । समूहमा पदयात्रा गर्दा प्रतिव्यक्ति रु एक हजार र व्यक्तिगत रुपमा जाँदा रु एक हजार शुल्क तिर्नुपर्छ । विसं २०६६ देखि उक्त रकम उठाउन थालिएको हो ।

बोर्डका निमित्त निर्देशक रोहिणी खनालका अनुसार सन् २०१५ मा रु १७ करोड १३ लाख ८४ हजार टिम्स शुल्क उठेको थियो । यस्तै सन् २०१६ मा रु १६ करोड ६४ लाख ३२ हजार उठ्दा सन् २०१७ मा रु १९ करोड ४० लाख ७७ हजार शुल्क उठेको छ । तर ती शुल्कको लेखापरीक्षण भने भइसकेको छैन । पर्यटक सेवा शुल्क र टिम्स नै बोर्डको वार्षिक बजेटको मुख्य स्रोत हो ।

सन् २०१८ का लागि बोर्डले रु एक अर्ब ३७ करोड २० लाख वार्षिक बजेट तय गरेको छ । सन् २०१७ मा रु एक अर्ब १२ करोड ५० लाख बजेट तय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu