ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि अनुसन्धान परिषद्ले विकास गर्यो उन्नत जातको बीऊ


admin
८ माघ २०७४, सोमबार   ३ : ४२   बजे

काठमाडौं, ८ माघ । कृषि अनुसन्धान परिषद् (नार्क)ले विभिन्न नयाँ जातका उन्नत किसिमका अन्नबालीको बीउको विकास गरेको छ ।

परिषद्ले मकै, धान, गहुँ, तोरी, मुसुरोलगायत अन्नबालीका नयाँ उन्नत जातका बीउको विकास गरेको परिषद्का वरिष्ठ वैज्ञानिक टीकाबहादुर कार्कीले जानकारी दिए ।

उहाँका अनुसार मकैमा वसन्त मकै, बर्खे मकै, अरुण–३, अरुण–४ र अरुण–६, मनकामना–३, मनकामना–४, मनकामना–५ र मनकामना–६ जातका बीउ तयार गरिएको छ । मनकामना जातका मकैको बीउ उच्च पहाडी क्षेत्रका लागि तयार पारिएको हो ।

वसन्त मकै माघ फागुनमा रोपेर जेठ असारमा पाक्ने र बर्खे मकै असारमा रोपेर असोजमा पाक्ने खालका रहेका छन् । जोर नाम भएका मकै रातो र बिजोर नाम भएका मकै सेतो रहेका छन् ।

किसानको माग र मौसमअनुसारको अन्नबाली लगाउनका लागि नयाँ जातका बीउ तयार गरिएको बताउदै उनले भने, “जलवायु परिवर्तनसँगै पुराना अन्नबाली त्यति फल्ने नभएकोले नयाँ अन्नबालीको विकास गर्न गरिएको हो । नयाँ विकास भएका अन्नबाली अब किसानले लगाउन सक्ने छन् ।”

नार्कले विकास गरेर नयाँ उन्नत जातका बीउ विभिन्न ठाउँमा रहेका विकास केन्द्रमार्फत किसानलाई वितरण गर्नेछ ।

यसबाहेक नार्कले सुख्खा, बाढीको समस्या हुने ठाउँमा उत्पादन गर्न सकिने धानका नयाँ उन्नत जातका बीउ , तोरीमा लुम्ले, अदुवामा कपुरकोट र कपुरकोट–१ नामका बीउ विकास गरेको छ ।

सुख्खा मौसममा रोपिने बीऊ सुख्खा–३, सुख्खा–४, सुख्खा–५ रहेका छन भने बाढीको समस्या भएको ठाउँका लागि स्वर्ण सव–१ र सेरान सव–१ जातका बीउ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu