ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकासको गलत अभ्यासले उत्पादन र रोजगारी बढेन: घनश्याम भुसाल


एबीसी / संवाददाता
१४ कार्तिक २०७९, सोमबार   ५ : २८   बजे

रुपन्देही । त्रिभूज चिन्ह लिएर रुपन्देही क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एमालेका पूर्व उपमहासचिव तथा पूर्वमन्त्री घनश्याम भूसालले पछिल्लो समय विकासको गलत अभ्यास भइरहेकोले देशमा उत्पादन र रोजगारी बढ्न नसकेको बताउँदै अबको प्राथमिकता उत्पादन र रोजगारी हुनुपर्ने बताएका छन् ।

देवदहमा गठबन्धनको संयुक्त कार्यालय उद्घाटन गर्दै नेता भुसालले केपी ओलीको पालामा विकास भनेर भ्यू टावर, पानीजहाज जस्ता अनुत्पादक क्षेत्रमा राज्यको अनावश्यक खर्च गर्ने गलत भाष्यले नेपालको विकास गलत बाटोतिर गएको उनले बताए । आजको राज्यको स्रोतमाथि समान वितरण र अवसरको पहुँच हुनुपर्ने कुरामा जोड दिदैं उनले भने– “जनताको आधारभूत र अतिआवश्यक शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारीका लागि राज्यको मुख्य ध्यान केन्द्रित हुनुपर्ने र ती सब चीजमा नागरिकको समान पहुँचका लागि राज्य निकायमा सुशासनको ग्यारेन्टी हुनैपर्दछ ।”

त्यसैगरी उनले स्थानीय समस्या समाधानकालागि अव्यवस्थित बसोबासलाई मान्छेको आधारभूत रुपमा सुरक्षित बनाउने गरि व्यवस्थापन गर्नुपर्ने कुरालाई प्राथमिकतामा राखिने बताए । देवदह नगरपालिकामा पूर्वपश्चिम राजमार्ग छेउछाउ सुकुम्बासी बसोबासको समस्या रहेको कुरालाई सम्बोधन गरिने उनले बताए ।

सो अवसरमा बोल्दै प्रदेशसभाका १(क) का उम्मेदवार विश्वनाथ यादव र प्रदेशसभा १(ख) का उम्मेदवार अब्दुल रज्जाकले यस क्षेत्रको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारहरूले जित्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group