ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानी नजिकैको गाउँका मतदाताको सर्त : ‘अब पनि हामीमाथि धोका नहोस्’


एबीसी / संवाददाता
२५ कार्तिक २०७९, शुक्रबार   ९ : ३४   बजे

काठमाडौँ, २५ कात्तिक । स्थानीयवासी रोजिना तामाङ अघिल्ला निर्वाचनमा उम्मेदवारले पूर्वाधार निर्माणलगायतका विषयमा दिएका आश्वासन अझैसम्म पूरा नभएकामा सन्तुष्ट नभएपछि यस पटकको निर्वाचनमा त्यो धोका नहुने विश्वासका साथ नयाँ उम्मेदवारको खोजीमा हुनुहुन्छ ।

ठूला थुँगा भएको सयपत्री फूलको माला बोकेर घरदैलोमा आएका उम्मेदवारको स्वागतका लागि जुट्नुभएकी तामाङ विगतको तितो अनुभवलाई यस पटक उम्मेदवारले दोहो¥याउन्नन् भन्नेमा पनि त्यत्तिकै विश्वस्त हुनुहुन्छ । “जो उम्मेदवार आए पनि झुटा आश्वास र भ्रम फैलाएर मतदातालाई आकर्षित गर्छन् तर, यसपटक नयाँ उम्मेदवारले चाहिँ केही गर्लान् कि भन्ने आशा छ”, उहाँले भन्नुभयो ।

शङ्खरापुर वडा नं १ को नाङ्लेभारेमा चुनावी घरदैलोअन्तर्गत मत माग्दै गर्नुभएका काठमाडौँ क्षेत्र नं २ का लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार ओनसरी घर्तीलाई माला लगाउँदै तामाङले आफ्नो सर्त राख्नुभयो । जवाफमा उम्मेदवार घर्तीले आफ्नो वाचा र प्रतिबद्धतामा आँच आउन नदिने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “मलाई निर्वाचित गराएर पठाउनुस् म तपाईंहरूको विश्वासलाई व्यवहारमा परिणत गरिदिन्छु ।”

देशको सङ्घीय राजधानी काठमाडौँ नजिकको गाउँका मतदाताको एउटै सर्त छ, ‘अब पनि हामी (मतदाता) माथि धोका नहोस् ।’ सहर नजिकको गाउँमा विकासको लहर होला भन्ने सहजै अनुमान गर्न सकिन्छ । सहरकै दुर्गम गाउँको विकासको दुर्दशा हेर्न काठमाडौँको शङ्खरापुरको नाङ्लेभारे, चापावोटर आसपासको क्षेत्रलाई लिन सकिन्छ । धुलाम्मे सडक, खानेपानी, बिजुलीको अभावका साथै गाउँमा शिक्षा र स्वास्थ्यको सहजता पनि छैन ।

कृषिमा आबद्ध ३२ वर्षीया तामाङका दुई छोरा छोरी छन् । छोराछोरीको पढाइको जोहोका लागि श्रीमान् विदेशमा हुनुहुन्छ । तामाङको भन्दा फरक छैन गाउँकै निर्मला शिवभक्तिको पनि । तर पनि उहाँ आशातीत हुनुहुन्छ । उहाँले भन्नुभयो, “गरिब र दुःखीको उद्धारका साथै शिक्षा र स्वास्थ्यमा ध्यान दिए गाउँको मुहार फेरिन्छ कि भन्ने आशा छ । अघिल्लो चुनावमा ‘एक घर एक धारा’ को आश्वासन पाएको तर अहिले एक धाराले १५ देखि २० घरलाई धान्नुपरेको छ ।”

तामाङ र शिवभक्तिको प्रतिनिधि भनाइ जस्तै नाङ्लेभारेको खासगरी माथिल्लो भेगमा खानेपानीको असाध्यै समस्या रहेछ । गाउँमा भेटिएका प्रायःजसो मतदाताले गाउँमा खानेपानीको अभाव, सडक र बत्तीको समस्याको फेहरिस्त सुनाए । पानीका लागि सङघर्ष गर्नुपर्दाको पीडा खुलेरै सुनाए ।

काठमाडौँको पूर्वोत्तर क्षेत्रमा पर्ने नाङ्लेभारे गाउँको समस्या सुन्दा राजधानीकै गाउँको दयनीय अवस्थाले बत्तीमुनिको अँध्यारोको झझल्को दिएको छ । तर पनि प्रत्येक निर्वाचनमा उम्मेदवारले गाउँलेलाई विभिन्न विकास पूर्वाधारका आश्वासन भने दिन छाडेका छैनन् । यो पटक गठबन्धनका उम्मेदवारले पुराना अपूरा बाचा पूरा गर्नेमा गाउँले पनि विश्वस्त देखिन्छन् ।

रत्नपार्कबाट करिब ३० किलोमिटर दूरीमा पर्ने नाङ्लेभारेमा खड्किएको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुली र किसानको समस्याले राजधानी सहर ‘नजिकको तीर्थ हेला’ झैँ भएको गाउँलेले अनुभव सुनाए । नाङ्लेभारेकै ७२ वर्षीय कृषक कमलनाथ ढकाल पनि सडक, बत्ती र मलको अभाव खड्किएको अनुभव सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अघिल्ला निर्वाचनमा उम्मेदवारले गरेका बाचा पूरा गरेनन् । चुनाव चितेर गएपछि गाउँ फर्केर हेरेनन्, हेरुम यो पटकका उम्मेदवारले केही गर्लान् कि ,”

सोही गाउँका ६८ वर्षीय मेघप्रसाद दङ्गाललाई गाउँमा खानेपानी, सडक, शिक्षा र स्वास्थ्यको यथोचित व्यवस्थापन भइदिए हुन्थ्यो भन्ने लागेको छ । “गाउँको समस्या जहाँको तहीँ छ, गाउँमा बत्ती, सडक र पानीको समस्या छ । अरु आश्वासनभन्दा पनि सडक, पानी र बत्तीको जोहो गरिदिए राहत हुने थियो, गठबन्धनका उम्मेदवारले केही गर्लान् कि भन्ने आशाा छ”, उहाँले भन्नुभयो ।

स्थानीय नेता नेत्रप्रसाद दङ्गालले विकास निर्माण नियमित भइरहेको बताउनुभयो । उहाँका अनुसार गाउँदेखि झण्डै १२ किलोमिटर दूरीमा पर्ने सिस्नुखोला र छुलेखोलाको पानी गाउँमा ल्याउने योजना बनिरहेको रहेछ । स्थानीय शम्भुप्रसाद ढकालले गाउँका किसानको समस्या सुनिदिने इमान्दार उम्मेदवार अहिलेसम्म पाउन नसकेको दुःखेसो पोख्नुभयो ।

शङ्खरापुर नपाका पूर्वउपमेरसमेत रहनुभएकी नेकपा (एकीकृत समाजवादी) की नेत्री शुक्रलक्ष्मी श्रेष्ठले गाउँको विकास र समृद्धिका लागि उम्मेदवारले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । नेपाली कांग्रेसकी स्थानीय नेत्री मीरा महर्जनले सडक, खानेपानी तथा महिला सुत्केरी हुँदा विगतमा भोग्नुपरेको समस्या समाधान हुनुपर्नेमा जोड दिनुभयो ।

घरदैलो अभियानका क्रममा चापवोटमा आयोजित कोणसभालाई सम्बोधन गर्दै गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार ओनसरी घर्तीले देशमा शान्ति, स्थायित्व र समृद्धिका लागि गठबन्धनले जित्नैपर्ने बताउनुभयो । घरदैलो अभियानबाट आफू निकै उत्साहित बनेको बताउँदै प्रत्यासी घर्तिमगरले भन्नुभयो, “देशले आज शान्ति, समृद्धि मागेको छ, स्थिर सरकार र संविधानको रक्षा खोजेको छ, त्यसैले गठबन्धनले जित्नैपर्छ, प्रतिगमनले हार्नुपर्छ ।”

नेत्री घर्तीले गठबन्धन विकास र समृद्धिको एजेण्डाका साथ अघि बढेको उल्लेख गर्दै जनताको आधारभूत आवश्यकताको पहिचान गरी प्राथमिकताका आधारमा सम्बोधन गर्दै जाने बचन दिनुभयो । उहाँले आफू रोल्पामा जन्मेको चेली भए पनि काठमाडौँ क्षेत्र नं २ लाई कर्मक्षेत्र बनाएर जनताको सेवामा आइपुगेको उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं २ प्रदेशसभा सदस्यका उम्मेदवार ध्रुव केसीले गाउँको मुहार फेर्न आफू प्रतिबद्धताका साथ लाग्ने विश्वास व्यक्त गर्नुभयो । निर्वाचन परिचालन समिति शङ्खरापुर–१ का संयोजकसमेत रहेका कांग्रेस नेता रमेश तिवारीले निर्वाचनपछि गाउँको विकासमा केन्द्रित हुने बताउनुभयो । एकीकृत समाजवादीका तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार भरतप्रसाद फुँयालले गाउँको चापावोट विद्यालयलाई कृषि विद्यालयका रूपमा रूपान्तरण गरेर कृषिको समस्या समाधान गर्ने बचन दिनुभयो । नौ वटा वडा रहेको शङ्खरापुर नगरपालिकामा कूल २२ हजार छ सय मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group