ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी प्रदेशको राजधानी बुटवलमै हुन्छ (भिडियोसहित)


एबीसी / संवाददाता
३० कार्तिक २०७९, बुधबार   १२ : ३०   बजे

काठमाडौं, ३० कात्तिक । राष्ट्रिय राजनीतिमा चर्चा कमाएका व्यक्तिहरु मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार रहेकाले रुपन्देहीको निर्वाचन यतिबेला चर्चामा छ । जिल्लामा वर्तमान र पूर्वगृहमन्त्रीको उम्मेदवारीले पनि बढी चर्चा कमाएको छ । गृहमन्त्री बालकृष्ण खाँड क्षेत्र नं ३ मा प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ भने पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल क्षेत्र नं २ मा प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँहरु आपसमा प्रतिस्पर्धी त होइन तर उहाँहरुको उम्मेदवारी नै यस जिल्लाको निर्वाचनमा चर्चाको विषय बन्न पुगेको छ ।

पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल चुनावी मैदानमा हुनुहन्छ । पौडेलसँग राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापाले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । थापालाई सत्ता साझेदार गठबन्धनको समर्थन रहेको छ । गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि थप चर्चा बटुलेको यो क्षेत्रमा एमाले उपाध्यक्ष पौडेल र थापाबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको हो । जिल्लामा नेकपा एमालेले पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग तालमेल गरेकाले पौडेलललाई यी दुई दलको समर्थन छ ।

“गठबन्धनको उम्मेदवारी खारेजीले यो क्षेत्रमा पौडेललाई टक्कर दिनसक्ने अरू उम्मेदवार भएनन् जसले गर्दा पौडेललाई निर्वाचन केही सहज देखिएको छ । एमाले उपाध्यक्षसमेत रहेका पौडेलले यो क्षेत्रबाट लगातार पछिल्ला तीन निर्वाचनमा जित हासिल गर्नुभएको थियो । पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः माओवादीका भक्ति पाण्डे, ०७० मा माओवादीकै डा बाबुराम भट्टराई र कांग्रेसका सूर्यप्रसाद प्रधान तथा २०७४ मा कांग्रेसका नेता युवराज गिरीलाई पराजित गर्नुभएको थियो । यस पटक अझै पराकिलो मतान्तरका साथ विजयी हुने योजना लिएर आफू चुनावी मैदानमा होमिएको पौडेल बताउनुहुन्छ । एबीसी न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंग आउटलुक कार्यक्रमका लागि कुरा गदैै नेता पौडेलले

रुपन्देहीलाई विकासको नमुना बनाउने गरी योजना अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो हिजो अर्थमन्त्री हुँदा पनि अन्तर्राष्ट्रिय गौतममबुद्ध बिमानस्थल, बुटवल बेलहिया ६ लेन सडक जस्ता दर्जनाँै ठूला योजना ल्याएँ”, पौडेल भन्नुहुन्छ, “अब ती योजना पूरा गर्न र नयाँ योजना सुरु गर्न जनताले साथ दिने छन् भन्नेमा म विस्वस्त छु ।”पौडेलले लगातार जित हासिल गरेकै कारण यसपटक पनि मतदाताको साथ पाउने विश्वास व्यक्त गरिरहँदा जनमुक्तिका उम्मेदवार थापा भने स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनका उम्मेदवार विजयी भएकाले जित हासिल गर्ने दाबी गर्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu