ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश १ का २८ क्षेत्रमा २२ क्षेत्र क्लियर, ६ मा प्रतिस्पर्धा, नेका र एमालेबीच झिनो अन्तर


एबीसी / संवाददाता
३० कार्तिक २०७९, बुधबार   ३ : ३४   बजे

 

विर्तामोड, झापा ३० कात्तिक(एबीसी-नेपालपेज स्थलगत) शुभशंकर कँडेल, डण्ड गुरुङ, ध्रुव अधिकारी र जिल्ला सम्वाददाताहरु ।

प्रदेश नं. १ मा रहेका २८ निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन र एमाले नेतृत्वको गठबन्धनबीच दुई पक्षीय प्रतिस्पर्धा रहेको छ । यो प्रदेशमा अन्य प्रदेशमा जस्तो नयाँ राजनीतिक खेलाडी वा स्वतन्त्रको हावा चलेको छैन । प्रदेश नं. १ पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश हो । त्यो सँगै यो प्रदेश नेकाले आफ्नो दावी गर्ने कोइराला परिवारको विरासत बोकेको प्रदेश पनि हो ।
एबीसी स्थलगत रिर्पोटिङका क्रममा झापाका ५ क्षेत्र मध्ये नेकपा एमाले ३ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दोस्रो जित निकालेर यहींबाट पार्टीको खाता खोल्ने दाउको नजिक रहेका छन् । अघिल्लो पटक भन्दा यसपटक लिङदेनलाई नेकाका पूर्व महामन्त्री तथा गृहमन्त्री कृष्ण सिटौलाले कडा टक्कर दिइरहेका छन् । भद्रपुरको पुरानो नगरपालिका आसपासका २२ मतदाता मध्ये १२ जनाले लिङ्देनले जित्ने बताउँदा १० जनाले सिटौलो जित्ने दावी गरे ।

नेपाली कांग्रेसका लागि झापाको क्षेत्र नं. १ मा महामन्त्री विश्वप्रकाश शर्माले एमालेका पूर्व कानुनमन्त्री अग्नी खरेललाई हराएर कांग्रेसको बीउ जोगाउने दौडको नजिक रहेका छन् । पूर्व प्रधानमन्त्री एमाले अध्यक्ष ओली भने आफ्नै पुरानो निर्वाचन क्षेत्र झापा ५ बाट सहज जितको अवस्था रहेका छन् । उनीसँग नेकाका पुरानै प्रतिस्पर्धी खगेन्दै पाण्डव अधिकारी प्रतिस्पर्धामा रहेका छन् भने पूव नागरिक अभियन्ता युग पाठकले ओलीलाई गिज्याइरहेको क्षेत्र पनि हो यो ।

०६२–६३ को जनआन्दोलनका बेला शान्ति प्रक्रिया शुरु गर्ने अभियानमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका दाहिने हात मानिने पूर्व गृहमन्त्री समेत रहेको कृष्ण सिटौलालाई दोस्रो पटक राजावादी राजेन्द्र लिङदेनले पराजित गर्ने अवस्था देखिएको छ । यो लोकतान्त्रिक निर्वाचन प्रणाली भनिएको तरिकाको विडम्वना भने पनि हुने राजनीतिक विश्लेषक तथा मेची क्याम्पसका सह प्रध्यापक राजेन्द्र केसीले टिप्पणी गरे । राजवंशी र सतारको निर्णायक मत मानिने यो क्षेत्रमा अन्तिम समयमा जे पनि हुनसक्ने स्थानीय बुद्धिजीवी तथा व्यवसायीहरु बताउँछन् ।
झापामा एमाले– राप्रपा र सत्तारुढ गठबन्धनबीच प्रतिस्पर्धा भइरहेको छ । यहाँ एमालेले राजेन्द्र लिङद्ेनलाई समर्थन गरेको छ भने राप्रपाले एमालेलाई समर्थन गरेको छ । हालै सम्पन्न स्थानीय निर्वाचनमा ओलीको गृहनगर दमक नगरपालिकामा एमाले बाहेककका सवै दल एकातिर भएर राप्रपाका उमेद्वारलाई जिताएर एमाले उमेद्वार पराजित गरेर ओलीलाई हराएको प्रचार गरेका थिए । त्यो घटनाबाट झस्केका ओलीले संघीय चुनावमा धेरै सजगता अपनाएका छन् ।
झापाको क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट पूर्व एमाले नेता माके बनेर हरिकुमार राना र एमाले केन्द्रीय सदस्य देवराज घिमिरेबीच कडा प्रतिस्पर्धा छ । स्थलगत अवस्थाले घिमिरे जितको नजिक छन् । तर उनलाई पूर्व पत्रकार अधिवक्ता स्वतन्त्र उमेदवार बनेका स्वागत नेपालले तनाव भने दिएकै छन् ।
क्षेत्र नंं. ४ मा गठबन्धनबाट देउकुमार थेवे र एमालेका पुरानै अनुहार लालप्रसाद साँवा बीच कडा प्रतिस्पर्धा छ । एमालेले आफ्ना जनमत जोगाउन सक्दा सांवाले पुन जित हासिल गर्न सक्ने देखिन्छ । थेवे कांग्रेसका प्रभावशाली र नयाँ अनुहार भएका कारण आफूले जित्नेमा ढुक्क रहेको उनले बताए ।

मोरङ
प्रदेश १ को अर्को सवैभन्दा बढी अस्थिर अवस्था रहेको जिल्ला मोरङ हो । यहाँ ६ वटा निर्वाचन क्षेत्र रहेका छन् । मोरङको छ नं. क्षेत्र गठबन्धनका उमेद्वार डा. शेखर कोइराला यस पटक सहज अवस्था छन् । उनको संसद यात्रालाई साइकल स्टन्टवाला एमाले उमेद्वार लालबाबु पण्डितले रोक्न सक्ने अवस्था छैन । मोरङ ५ मा एमाले–जसपा गठबन्धनबाट जसपाका राजकुमार यादव र सत्ता गठबन्धनबाट माकेका शिव कुमार मण्डल (केवट) बीच चर्को प्रतिस्पर्धा देखिएको छ । हालै सम्पन्न स्थानीय तहको मतका हिसावले सत्ता गठबन्धन अघि भएपनि मोरङ ५ मा मतदाता र उमेद्वारबीच जातिय फ्याक्टरले पनि काम गर्ने अवस्था रहेको देखिएको छ ।

क्षेत्र नं ४ मा गठबन्धनबाट माकेका अमनलाल मोदी र एमालेका विनोद ढकालबीच प्रतिस्पर्धा छ । ओली–शेखर कोइरालाबीचको अघोषित साँठगाँठको त्रासमा माकेका मोदी कार्यकर्ता देखिए पनि उनी जितको नजिक छन् । उनी यस अघि वाम गठबन्धनबाट सोही विर्नाचन क्षेत्रबाट विजयी सांसद हुन् ।
क्षेत्र नं. ३ मा सत्ता गठबन्धनबाट नेकाका मेडिकल कलेज व्यवसायी विवादास्पद छविका सुनिल शर्मा र एमालेका भानुभक्त ढकाल बीच प्रतिस्पर्धा छ । यी दुवै जना अघिल्लो निर्वाचनका पनि प्रतिस्पर्धी हुन् । पहिलो कार्यकालमा ढकाल निर्वाचन क्षेत्रमा प्रभावकारी नदेखिएको मतदाताको गुनासो छ । त्यसको फाइदा उठाउनेमा नवधनाढ्य सुनिल शर्मा रहेका छन् । क्षेत्र नं २ मा गिरिजापुत्री सुजाता कोइराला र एमालेका ऋषि पोखरेलबीच प्रतिस्पर्धा छ । गिरिजापुत्री कोइरालाले आफूलाई अन्तिम पटक भोट दिन अपिल गरेर सहानुभूतिको मत समेत बटुल्ने ध्याउन्नमा छिन् ।

पोखरेलाई यस अघि वाम गठबन्धन भएका बेला नेकाका मिनेन्द्र रिजालले पराजित गरेको क्षेत्र पनि हो । नेकाकै गुटउपुटको अन्तरघात हुने हो कि भन्ने चिन्तामा सुजाता भेटिइन् । उनी जितको नजिक छन् । क्षेत्र नं. १ मा नेकाका डिगबहादुर लिम्वु र एमालेका घनश्याम खतिवडाबीच प्रतिस्पर्धा छ । खतिवडालाई पराजित गरेर लिम्वु संसद प्रवेश गर्ने दाउमा छन् । त्यहाँको जनजातिय मतदाताको समेत उनले बढी आशा गरेका छन् ।
सुनसरँी
सुनसरीका ४ क्षेत्रमध्ये धरान उपमहानगरपालिका समेत रहेको क्षेत्र नंं . १ बढी चर्चित छ । त्यहा सत्ता गठबन्धनबाट माकेका युवा उमेद्वार मुक्साहाङ सुब्वा र एमाले–जसपाबाट अशोक राई रहेका छन् । राईलाई एमालेका मनोज मेयाङ्वोले बागी उमेद्वारी दिएर राईको संसद प्रवेशलाई रोक्ने अवस्था सिर्जना गरिदिएका छन् । इटहरीमा भएको सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीको भाषणले जसपा नेता अशोक राईको माहोल झन विग्रेको स्थानीय अगुवा नविन गुरुङले बताए ।
क्षेत्र नं. २ मा नेकाका पुरानै सांसद शिवराम मेहता र एमालेका भीम आचार्यबीच प्रतिस्र्धा रहेको छ । त्यो क्षेत्रको स्थलगत अवस्थालाई हेर्दा चर्को प्रतिस्पर्धाको क्षेत्रमा रहेको छ । जनमतका हिसावले सत्ता गठबन्धन अगाडि भएपनि मेहताप्रति युवा मतदाताको कुनै आकर्षण छैन । अर्कातिर आचार्यको उमेद्वारीलाई एमालेभित्रकै एउटा समूहले कति सघाउला भन्ने आशङका चुनाव हुन ५ दिन बांकी रहँदा समेत मेटिएको छैन ।
अर्को रोचक क्षेत्र हो ३ नं. हो । जहाँ पुरानै प्रतिस्पर्धी विजय कुमार गच्छदार र एमालेकी भगवती चौधरी बीच प्रतिस्पर्धा छ । वाम गठबन्धनका बाबजुद झिनो मतातन्तरले अघिल्लो पटक पराजित भएकी चौधरीप्रति मतदाताको सहानुभूति छ । तर सत्ता गठबन्धन र शक्तिको जस्तो सुकै प्रयोग गर्न माहिर गच्छदार आफ्नो जितप्रति ढुक्क छन् । दुर्भाग्य के छ भने उनीमाथिको भ्रष्ट्राचार मुद्धाका कारण उनले जिते पनि संसद छिर्न पाउँदैनन् । उनी निलम्वित सांसद हुनेछन् ।
क्षेत्र नं. ४ भने बहालवाला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका लागि सहज क्षेत्र हो । उनको प्रतिस्पर्धामा एमालेका जगदीश प्रसाद कुसियत रहेका छन् ।
उदयपुर
उदयपुरमा २ वटा निर्वाचन क्षेत्र रहेका छन् । यस अघिको निर्वाचनमा वाम गठबन्धनका बावजुद पनि झिने मतान्तरले नेकाका नारायण खड्का निर्वाचित भएका थिए । यसपटक खड्कालाई सत्ता गठबन्धनका दलहरु माके र एसको साथ छ भने एमालेकी मञ्जुकुमार चौधरीको अघिल्लो पटकको सहयात्री र आफ्नै दलको पनि जनमत घटेको अवस्थामा पुन उमेद्वार बनेकी छन् । परराष्ट्रमन्त्री रहेका डा. खड्का जितको सहज अवस्थामा देखिएका छन् ।
क्षेत्र नं २ मा सत्ता गठबन्धनबाट एसका जगन्नाथ खतिवडा र एमालेका अम्मरबहादुर रायमाझीबीच प्रतिस्पर्धा हुँदैछ । यो क्षेत्रबाट अघिल्लो निर्वाचनमा माकेका सुरेश कुमार राई निर्वाचित भएका थिए । यो क्षेत्र एसलाई दिएकोमा राई असन्तुष्ट रहेका छन् । यसको फाइदा उठाएर जित निकाल्ने बलियो सम्भावनामा एमालेका रायमाझी रहेका छन् । पार्टीमा हुँदा टिकट नपाएर लफडा गरेका खतिवडा पार्टी विभाजन गरेर उमेद्वार हात पारे पनि उनको संसद प्रवेश असहज देखिएको छ ।

ताप्लेजुङमा एमालेका योगेश भट्टराई र सत्ता गठबन्धनका तर्फबाट माकेका खेलप्रसाद बुढाक्षेत्रीबीच प्रतिस्पर्धा छ । स्थानीय निर्वाचनमा थोरै मतले सत्ता गठबन्धन अघि भएपनि भट्टराईले सहजै जित्ने अवस्थामा रहेको देखिएको छ।
इलाम
प्रदेश १ को अर्को चर्चित क्षेत्र हो इलाम । यहाँ दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । क्षेत्र नं. १ मा सत्ता गठबन्धनबाट एसका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र खनालकै कार्यकर्ता एमालेका महेश बस्नेतबीच प्रतिस्पर्धा भइरहेको छ । खनाल यसपटक पनि आफ्नो जितको अविच्छिन्न यात्रालाई कायम गर्ने अवस्थामा देखिएका छन् ।
क्षेत्र नं २ मा संविधानसभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङ र सत्ता गठबन्धनबाट नेकाका डम्मर बहादुर खड्का बीच प्रतिस्पर्धा रहेको छ । नेम्वाङको क्षेत्रमा एसको कुनै प्रभाव नभएकाले एमालेको जनमत जोगाउन सक्दा मात्रै पनि नेम्वाङले सहजै जित्ने अवस्था देखिएको छ ।

पाँचथरमा पुरानै प्रतिद्धन्दी सत्ता गठबन्धनबाट भीमराज आङदम्वे र एमालेका बसन्त नेम्वाङबीच प्रतिस्पर्धा रहेको छ । यहाँ नेम्वाङलाई यस पटक संसद प्रवेशमा रोकेर अघिल्लो पटकको बदला लिनेमा आङदम्वे रहेका छन् ।
एकमात्र निर्वाचन क्षेत्र रहको अर्को जिल्ला संखुवासभामा सत्ता गठबन्धनबाट नेकाका दिपक खड्का र एमालेका राजेन्द्र गौतमबीचको पुरानै प्रतिस्पर्धा छ । अघिल्लो निर्वाचनमा वाम गठबन्धन भएका कारण करिब ११ सय मतले खड्कालाई पराजित गरेको गौतम यसपटक खड्काबाट पराजित हुने देखिएको छ ।

तेह्रथुममा सत्ता गठबन्धनबाट नेकाकी सिता गुरुङ र एमालेका विजय सुव्वा बीच प्रतिस्पर्धा हुँदा गठबन्धनकी सिता गुरुङ सहज जितको अवस्थामा रहेकी छन् ।

भोजपुरमा प्रदेशका पूर्व मुख्यमन्त्री एमालेका शेरधन राई र सत्ता गठबन्धनबाट माकेको सुदन किरांतीबीच रोचक प्रतिस्पर्धा छ । राई मुख्य मन्त्री हुँदाको असन्तुष्टी समेतलाई भँजाएर फराकिलो मतान्तर पुनः विजय हुने अवस्थामा माकेका राई देखिएका छन् ।
धनकुटा पूर्व प्रधानमन्त्री सूर्यबहदुर थापाको गृह जिल्ला हो । अहिले उनकै पुत्र सुनिलबहादुर थापा सत्ता गठबन्धनका उमेद्वार बनेका छन् । उनी नवकांग्रेसी हुन् । उनलाई पुरानै प्रतिद्धन्दी एमालेका राजेन्द्रकुमार राईले पुनः पराजित गर्ने पर्खाइमा छन् । धनकुटामा सुनिल बहादुर थापालाई उमेद्वार बनाउने निर्णयको विरोधमा माकेका पूर्व सभासद हेमराज भण्डारी सहितको समूहले पार्टीबाट अलग भएर भण्डारीले स्वतन्त्र उमेद्वारी दिएका कारण एमालेका राईलाई सहज भएको छ ।

सोलुखुम्वुमा सत्ता गठबन्धनले पुराना र विवादास्पद अनुहार नेकाका बलबहादुर केसी लाई उमेद्वार बनाएका कारण जनमतमा सत्ता गठबन्धन अघि रहे पनि उनलाई एमाले उमेद्वार मानवीर राईले संसद प्रवेशमा रोक्ने स्थिति देखिएको छ । यस अघि त्यहाँबाट वाम गठबन्धनका हेमकुमार राईले यिनै बलबहादुर केसीलाई पराजित गरेका थिए ।
खोटाङमा एमालेका विशाल भट्टराई र सत्ता गठबन्धनबाट माके उमेद्वार रामकुमार राईबीच प्रतिस्पर्धा छ । भट्टराईले नेकाको असन्तुष्ट समूहको मत तानेर आफ्नो जित जोगउने कसरतमा रहेका छन् । तर जनमतका हिसावले भट्टराई गठबन्धनभन्दा पछि छन् । गत स्थानीय निर्वाचनमा सत्ता गठबन्धनको मत ५०६१४ रहेको छ भने एमालेको २९८३२ मत आएको देखिन्छ । स्थानीय अवस्थाका आधारमा यो निर्वाचन क्षेत्र चर्को प्रतिस्पर्धाको क्षेत्रका रुपमा देखिएको छ ।

ओखलढुङ्गामा पुरानै प्रतिद्धन्दी सत्ता गठबन्धनबाट नेकाका रामहरि खतिवडा र एमालेका यज्ञराज सुनुवार बीच प्रतिस्पर्धा हुँदैछ । यसपटक खतिवडाले सुनुवारलाई रोकेर आफू संसद प्रवेश गर्ने दिनको नजिक देखिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu