ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले दूतावासलाई सन् २०१९ को अन्त्यसम्ममा जेरुसलेममा सार्ने


admin
९ माघ २०७४, मंगलबार   ३ : ०३   बजे

काठमाडौं, ९ माघ । संयुक्त राज्य अमेरिकाले तेल अभिभ शहरमा रहेको उसको दूतावास सन् २०१९ को अन्त्यसम्ममा जेरुसलेममा सारिने बताएको छ ।

इजरेली संसद्मा सम्बोधन गर्ने क्रममा अमेरिकी उपराष्ट्रपति माइक पेन्सले त्यस्तो बताएका हुन् । इजरेली संसद्मा पेन्सले अमेरिकी दूतावास सारिने बारे बताइरहदा ट्रम्पको विवादास्पद घोषणाको विरोधमा रहेका अरब सांसद्हरुले केही बेर अवरोध पनि गरेका थिए ।

सम्बोधनका क्रममा उपराष्ट्रपति पेन्सले अमेरिका इजरेलको पक्षमा रहेको बताएका थिए । गत महिना राष्ट्रपति डोनल्ड ट्रम्पले जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने घोषणा गरेका थिए ।

साथै दूतावासलाई सार्नका लागि तयारीहरु थाल्न आदेश पनि ट्म्पले दिएका थिए । जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिइएको विषयले अमेरिकी उपराष्ट्रपति पेन्सको मध्यपूर्व भ्रमणमा प्रमुखता पाएको छ ।

जेरुसलेमलाई लिएर इजरेल र प्यालेस्टाइनबीच विवाद मात्रै होइन दुबै देशले उक्त भूमिलाई आफ्नो राजधानी बताउने गरेका छन् । इजरेलले जेरुसलेमलाई उसको अविभाजित राजधानी ठान्दछ ।

प्यालेस्टिनी पक्षले भने सन् १८६७ मा भएको मध्यपूर्वी युद्धका क्रममा इजरेल अधिनस्थ रहेको पूर्वी जेरुसलेमलाई आफ्नो भावी राज्यको राजधानीका रुपमा दाबी गर्दछ । मुसलमान, इसाई र यहुदीहरुले समेत उक्त भूमिलाई पवित्र स्थलको रुपमा मान्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group