ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्विनी, गण्डकी, कर्णाली र सुदूर पश्चिम मध्ये एमाले कर्णाली र सूपमा गठबन्धनभन्दा धेरै पछि, कुन दलले कतिमा जित्न सक्लान ?


एबीसी / संवाददाता
१ मंसिर २०७९, बिहिबार   १० : २८   बजे
  काठमाडौं १ मंसिर । आसन्न आम चुनावका सन्दर्भभमा एबीसी टेलिभिजन र नेपाल पेजले देशभरको अवस्था र यस अघि प्रदेश १ र मधेशको विस्तृत विवरण प्रस्तुत गरेको छ । एबीसी टेलिभिजनको देशव्यापी स्थलगत अभियानका क्रममा गरेको रिपोटिंगमा कर्णाली र सूपमा एमाले जम्मा १ सटिमा समेटिन सक्ने खतरा देखिएको छ ।
गण्डकी प्रदेश यो प्रदेशमा कास्कीका ३ वटा क्षेत्र मध्ये १ र २ मा एमाले उमेद्वारले जित्ने बलियो सम्भावना देखिएको छ । क्षेत्र नं३ माके र एमाले बीच चर्को प्रतिस्पर्धा छ । लमजुंगमा एमले उमेद्वार पृथवीसुव्वा गुरुंगले झिनो मतान्तरले जित्ने देखिएको छ । तनहुंका दुवै क्षेत्रमा नेका उमेद्वार विजयी हुने अवस्थामा स्यांगजामा क्षेत्र नं १ मा नेका उमेद्वार अघि रहंदा २ मा नेका उपसभापति धनराज गुरुंगलाई एमाले सचिव पद्मा अर्यालले पराजित गर्ने अवस्था देखिएको छ । मुस्तांगमा एमाले अघि रहंदा म्याग्दीमा नेका उमेद्वार जितको नजिक छन् । वागलुंगा दुवै क्षेत्रमा गठबन्धनका उमेद्वारले जित्ने देखिएको स्थानिय सम्वाददाताको स्थलगत रिर्पोटिंगमा देखिएको छ भने पर्वतमा नेका र एमालेबीच चर्को प्रतिस्पर्धा छ । अर्को हिमाली जिल्ला मनांगमा नेका उमेद्वार अघि देखिएका छन् । गोरखाका दुवै निर्वाचन क्षेत्रमा गठबन्धनका उमेदेवारको विजय घोषणाको प्रतिक्षा रहेको देखिएको छ । जहांबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत प्रत्यासी रहेका छन् । लुम्विनी प्रदेश लुम्विनीका २६ संघीय निर्वाचन क्षेत्र मध्ये नेका ११–१४ क्षेत्रमा, माके ५–६ क्षेत्रमा, एमाले ३–६ क्षेत्रमा र अन्य २ क्षेत्रमा जितको नजिक छन् । त्यस प्रदेशका ६ वटा निर्वाचन क्षेत्र व्याटल ग्राउण्डको रुपमा चर्को प्रतिस्पर्धाको क्षेत्रमा देखिएका छन् । गुल्मीको क्षेत्र नं १ मा नेका र २ मा एमाले उमेद्वारले जित्ने बलियो सम्भावना छ । पाल्पाको क्षेत्र नं १ मा एमाले र नेका उमेद्वारबीच प्रतिस्पर्धा छ भने २ मा एकीकृत समाजवादीका ससोम पाण्डेलाई एमाले उमेद्वार ठाकुर गैरेले सपराजित गर्ने अवस्थामा देखिएका छन् । रुपन्देहीका ५ क्षेत्र मध्ये क्षेत्र नं १ गठबन्धनले समर्थन गरेको स्वतन्त्र उमेद्वार घनश्याम भुसाल, २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल, ३ मा गृहमन्त्री वालकृष्ण खाण, ४मा नेका प्रमोद शाह र ५ मा नेकाकै भरतल साहले जित्न ससक्ने देखिएको छ । कपिलवस्तुका ३ क्षेत्र मध्ये १ मा माके, २ मा एमाले र ३ मा नेका उमेद्वार जितको नजिक छन् । रुकुम पूर्व र रोल्पामा त सदाझैं माकेका उमेद्वारले सहजै जित्ने देखिएको छ । दांगका तीनवटै निर्वाचन क्षेत्रको प्रतिस्पर्धा रोचक छ । क्षेत्र १ र २ चर्को प्रतिस्पर्धाका क्षेत्र देखिएका छन् भने क्षेत्र न. ३ मा गठबन्धनका नेका उमेद्वारले जित्ने देखिएको छ । बर्दियाका २ वटा क्षेत्रमा गठबन्धनका उमेद्वार विजयी हुने बलियो सम्भावना छ । अर्घाखांची र प्युठान चर्को प्रतिस्पर्धाका क्षेत्रमा देखिएका छन् । नवलपुर १ मा नेका नेता शशांक कोइराला र २ मा पनि नेकाकै देवेन्द्र राज कंडेल गठबन्धन दल माकेका कारण जितको अवस्थामा देखिएका छन् । कर्णाली प्रदेश कर्णाली प्रदेशमा दैलेख १ मा एमाले उमेद्वारले एसका उमेद्वारलाई पराजित गरेर त्यो प्रदेशमा उपस्थ्तिि देखाउने बाहेक अन्य सबै क्षेत्रमा गठबन्धनका उमेद्वार जितको अवस्थामा देखिएका छन् । जुम्लामा भने कांग्रेको द्धैध चरित्रका कारण माके र राप्रपा तथा एमाले बीच प्रतिस्पर्धा देखिएको छ । सूदुर पश्चिम प्रदेश प्र शेरबहादुर देउवाको गृह प्रदेश मा पनि गठबन्धनका अघि एमाले निकै कमजोर देखिएको छ । कैलालीका ५ क्षेत्रमध्ये १मा नागरिक उन्मुक्ति २ मा गठबन्धन र एमाले बीच चर्को प्रतिस्पर्धा र नाउपाको मत प्राप्तीले कसलाई प्रभावित गर्दछ भन्ने अवस्थामा देखिएको छ । ३ मा माके र ४ मा नेका उम्देवार जित नजिक देखिंदा ५ मा यसपटक पनि एमालेले जित्न ससक्ने देखिएको छ । कञ्चनपुर, अछाम, बैतडी बझांग, डडेलधुरा र दार्चुलामा सत्ता रुढ गठबन्धनका उमेद्वार विजयी हुने अवस्थामा डोटी र बाजुरामा सत्ता गठबन्धनका उमेद्वार र एमाले बीच चर्को प्रतिस्पर्धाको व्याटल ग्राउण्ड देखिएको छ ।    

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu