ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा


एबीसी / संवाददाता
३ मंसिर २०७९, शनिबार   ४ : ३४   बजे

बाला चतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा लाग्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यस वर्ष यही मङ्सिर ५ गते पशुपतिनाथमा बाला चतुर्दशी मेला लाग्ने कोषले जनाएको छ । प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीको बेलुकीदेखि पशुपति क्षेत्रमा यो मेला लाग्ने गर्छ । मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मुख्यदिन मतदानको दिन भएकाले अधिकांश तयारीका काम आजै गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

यस वर्ष मङ्सिर ५ गते पशुपतिनाथलगायत देशभरका शिवालयमा दिवङ्गत पितृका नाममा बत्ती बालिन्छ । मङ्सिर ६ गते बिहान दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रको विशेषगरी मृगस्थलीमा शतबीज छरिन्छ । यसका लागि लाखौँ भक्तजन पशुपति क्षेत्रमा आउने गर्छन् । चतुर्दशीको बिहान शतबीज छर्ने गरिन्छ ।

कोषले तयारीका लागि पशुपतिनाथको पूर्वी ढोकाअघिको बाग्मतीबाट पारि जान बाँसको अस्थायी पुल निर्माण गरेको छ । यसैगरी शतबीज मार्गमा बत्ती राख्ने काम भने ५ गते बिहानसम्म नै जारी रहने भएको छ । बत्ती राख्ने कामदारलाई पशुपति क्षेत्रमै राखिएको छ । ४ गते मतदान भएकाले आवतजावतमा समस्या हुने कारणले कामदारलाई पशुपति क्षेत्रमै राखेर तयारी गरिएको हो ।

कोषले पशुपति क्षेत्रमा पर्याप्तमात्रामा धारा र शौचालयको व्यवस्था पनि गर्ने भएको छ । पशुपति क्षेत्रका भष्मेश्वर, बोडेपाटी, बाहिरी पश्चिम ढोकाअघि र राममन्दिरमा धुनी जगाउने व्यवस्था गरेको छ । टेन्डर नभएर रोकिएको सबै दरबन्दीअनुसारको विशेष पूजा पनि आइतबारदेखि गर्ने तयारी भएको प्रवक्ता अधिकारीले सुनाउनुभयो ।

यसअघि टेन्डर नभएको समयमा रु दुई हजार एक सय र रु तीन हजार एक सयको मात्र विशेष पूजा भएको थियो । पशुपतिनाथमा रु २५ लाखसम्म रसिद काटेर विशेष पूजा गर्ने व्यवस्था छ । ती सबै दरबन्दी अनुसारका पूजा आइतबारदेखि फेरि सुरु गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

सम्बन्धित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

रोल्पामा भाइरल भएका ३ बालिकालाई उच्च शिक्षासम्म निःशुल्क

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

महाराजगन्ज दुर्घटना अपडेटः ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu