ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुर्खेत २ बाट कांग्रेसका थानी, पर्साबाट रमेश रिजाल र काठमाडौं– १० बाट राजन विजयी


एबीसी / संवाददाता
७ मंसिर २०७९, बुधबार   ८ : १४   बजे

सुर्खेत, ७ मंसिर । सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानी विजयी भएका छन् ।कूल खसेको ७६ हजार ३५२ मतमध्ये थानीको पक्षमा ३४ हजार ६२५ आएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार बीसीलाई ५ हजार ६७ मतान्तरले पराजित गरे ।

एमालेका बीसीले २९ हजार ५५८ मत प्राप्त गरे ।थानीले योसँगै तीन पटक संसदीय निर्वाचनमा जित निकालेका छन् । ०७४ मा नेकपा एमालेका नवराज रावतसँग पराजित भएका थिए । हारको बदला यो पटक थानीले गठबन्धनको बलमा लिएका छन् ।

०७४ मा रावतले ३७ हजार ४४७ मत ल्याएर निर्वाचित हुँदा थानीले २८ हजार ६४६ मत प्राप्त गरेका थिए ।थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी सहकारी तथा गरिवी निवारण मन्त्री भइसकेका नेता हुन् । यता पर्सामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ६५ रमेश रिजाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । पर्सा क्षेत्र नं ४ मा ७ औं पटक उम्मेदवार बनेका रिजाल निकटतम प्रतिद्वन्द्वीलाई ५५३० मतान्तरले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

पाँचदलीय लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार रिजालले ३१ हजार १४२ मत ल्याउँदा एमाले–जसपा गठबन्धनका उम्मेदवार एमाले नेता जालिम मियाँ मन्सुरीले २५ हजार ६१२ मत पाए । यसैवीच काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) विजयी भएका छन् । उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए ।यसपटक उनी १४ हजार ४५८ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस केसीले ११ हजार ७८६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group