ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समानुपातिकतर्फ ३२ लाख मतगणना हुंदा, एमाले पहिलो नेका दोस्रो, रास्वपा तेस्रो र माके चौथो स्थानमा, कुन दलले कति सिट ?


एबीसी / संवाददाता
९ मंसिर २०७९, शुक्रबार   ४ : ४८   बजे

 

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनामा नेकपा एमालेले निरन्तर अग्रता लिइरहेको छ।
अहिलेसम्म ३२ लाख १३ हजार मतगणना हुँदा एमाले ८ लाख ५० हजार ४४ मतका साथ अग्रस्थानमा छ। यो कुल खसेको मतको २९.५ प्रतिशत हो।
दोस्रो स्थानमा नेपाली कांग्रेस छ। कांग्रेसको ८ लाख १२ हजार ८ सय ७५ मत छ। यो कुल मतको २५.३ प्रतिशत हो।
समानुपातिकको तेस्रो स्थानमा गणना सुरू भएदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टी छ। उक्त पार्टीले ४ लाख २ हजार ९ सय ४० मत प्राप्त गरेको छ, जुन कुल मतको १२.५ प्रतिशत मत हुन्छ।
स्वतन्त्र पार्टीभन्दा अलि कम मत नेकपा माओवादी केन्द्रको छ। माओवादीको ३ लाख ८४ हजार ८ सय ३९ मत छ, जुन कुल मतको १२ प्रतिशत हुन आउँछ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको मत २ लाख १३ हजार ८ सय ९० र जनता समाजवादी पार्टीको १ लाख ९ हजार ९ सय ८४ मत छ। यो क्रमश ६.७ र ३.४ प्रतिशत हुन आउँछ।

मतगणनाको ट्रेन्ड हेर्दा जसपाले समानुपातिक सिट बाँडफाँटका लागि आवश्यक ३ प्रतिशत थ्रेसहोल्ड कटाउने देखिन्छ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउने दलहरूले प्राप्त गरेको मतका आधारमा ११० सिट बाँडफाँट हुनेछ। मतपरिणामको जारी ट्रेन्ड कायम रहे एमालेले ३५, कांग्रेसले ३४, स्वतन्त्र पार्टीले १७, माओवादी केन्द्रले १६, राप्रपाले ९ र जसपाले ४ सिट प्राप्त गर्ने देखिन्छ।
तर अझै झन्डै ७० लाख भन्दा मत गन्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

सम्बन्धित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

रोल्पामा भाइरल भएका ३ बालिकालाई उच्च शिक्षासम्म निःशुल्क

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

महाराजगन्ज दुर्घटना अपडेटः ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu