काठमाडौं । काभ्रे–१ को (२) मा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा निर्वाचित भएका छन् । २०७४ मा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सोही क्षेत्रमा विजयी भएका एमालेका चन्द्र लामालाई ३ मतले हराउँदै तीर्थ लामा निर्वाचित भएका हुन् ।
तीर्थले १९ हजार २ सय ८० मत प्राप्त गरेका छन् भने चन्द्रले १९ हजार २ सय ७७ मत पाएका छन् । प्रदेश १ (२)ं मा तीर्थसँगै ९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।
मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा क्षेत्र नं १ को प्रदेश (२)मा ४६ हजार ८ सय ५१ मत खसेको थियो । जिल्लाको कुल मतदाता ३ लाख १० हजार ६३ मतदातामध्ये प्रदेश १ (२)मा ७६ हजार १ सय ४६ मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्