ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिक नेतृत्वले गम्भीर आत्मसमीक्षा नगरे देश अप्ठेरोमा पर्न सक्छ– प्रचण्ड


एबीसी / संवाददाता
९ मंसिर २०७९, शुक्रबार   ३ : ५६   बजे

गोरखा, ९ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनका क्रममा एजेन्डा नभएर आवेगमा देशलाई र भावावेशमा मानिसलाई भ्रमित पार्ने संकेत देखा परेको बताएका छन् ।

शुक्रबार गोरखामा आयोजित धन्यवाद ज्ञापन समारोहलाई सम्बोधन गर्दै दाहालले यो परिस्थितिको राजनीतिक दल र नेताहरूले एक चोटी आफैतिर फर्किएर सोच्नुपर्ने अवस्था आइलागेको बताएका छन् । ‘यो निर्वाचनका क्रममा विचार, सिद्धान्त, मुद्दा, एजेन्डा जे भनिन्छ, एजेन्डा होइन एउटा आवगेमा देशलाई, भावावेशमा मानिसलाई कहीँ न कहीँ भ्रमित पर्ने संकेतहरु देखा परे,’ उनले भने ।संविधानले व्यवस्था गरेको लोकतान्त्रिक प्रतिनिधित्व तथा सिंहदरबारको अधिकार प्रदेश तथा स्थानीय तहमा पुगेका कुराहरूलाई उल्टाउने कतै न कतैबाट चेष्टा भइरहेको दाहालका आरोप छ । ‘कसैलाई दोष र आलोचना र आरोपतिर जाँदै छैन, यो हाम्रा लागि चुनौती हो,’ उनले भने,‘राजनितिक परिवर्तन र जनताको अधिकारका लागि तथा नेपाल सार्वभौमसत्ता नगारिक बनाउन लडे ती दलहरुलाई चुनौती हो ।

’यो परिस्थितिले विचार र सिद्धान्तको अवमूल्यन हुने खतरा देखा परेको उनले बताए । ‘मूल्य मान्यता र राजनीतिक एजेन्डा अवमूल्यन हुने खतरा देखा पर्‍यो भनेर राजनितिक नेतृत्वले सोच्नुपर्ने अवस्था आइलागेको छ,’ उनले भने । नेपाली जनताको अधिकारको सुरक्षाका लागि अन्तिम समयसम्म प्रयास र संघर्ष गर्ने पनि प्रचण्डले बताए ।

‘अहिले नै सबै बर्बादै भयो भन्ने केही पनि छैन,’ उनले भने,‘तर यदि राजनीतिक नेतृत्वले गम्भीर आत्मसमीक्षा गरेर आउने दिनका लागि जनतमा समर्पित नीति, योजना र कार्यक्रम लिएर अघि नआउने हो भने देश अप्ठेरोमा पर्न सक्छ, यसो गर्दा देश अप्ठेरोमा पर्ने भए पनि राजनीतिक नेतृत्वलाई जति गाली गरे पनि फरक पर्दैन, देश झन् ठूलो भूमरीमा पर्ने स्थिति भयो भने चाहिँ त्यो स्वीकार्य हुने स्थिति होइन ।’ ७५ वर्षदेखि प्राप्त गरेको ‘लोकतान्त्रिक अधिकारको रक्षा’ र गाउँ र नगरको सिंहदरबारलाई उल्टाउने चेष्टालाई सफल हुन नदिने पनि प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group