काठमाडौं १० माघ । राष्ट्रियसभाको चुनावमा प्रदेश नम्बर ३ मा विवेकशिल साझा पार्टीले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।
प्रदेश ३ बाट राष्ट्रियसभामा एक सिट जित्न २३ सय ९२ मतभार आवश्यक पर्नेमा विवेकशीलको मतभार जम्मा १ सय ४४ रहेको अवस्थामा आफूहरुले नेपाली कांग्रेसलाई समर्थन गर्ने भएको विवेकशील साझाका प्रवक्ता सूर्यराज आचार्यले जानकारी ।
राष्ट्रियसभा चुनावको लागि विभिन्न दलसँग सहकार्य गर्न खोजेको तर सम्भव नभएपछि नेपाली कांग्रेसका उम्मेदवार राधेश्याम अधिकारीलाई समर्थन गर्ने निर्णय गरिएको विवेकशील साझाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्