विराटनगर ,१० माघ । प्रदेश नं १ बाट राष्ट्रियसभाका लागि ३ जना महिला निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा नेकपा एमालेकी नैनकला ओझा, माओवादी केन्द्रकी विना पोखरेल र नेपाली कांग्रेसकी सरिता प्रसाईं छन् ।
महिलाको लागि ३ सिट छुट्याइएकोमा १ नम्बर प्रदेशमा ३ जना महिलाको मात्रै मनोनयन परेपछि राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालयले निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
यता राष्ट्रियसभा निर्वाचनमा प्रदेश ५ बाट महिला सिटमा कोमल वलीसहित ३ जना निर्विरोध भएका छन् । बुधबार उम्मेदवारी दर्ताको दिन प्रदेश ५ बाट निर्वाचित हुने महिलाको ३ सिटमा ३ जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन् ।
राष्ट्रियसभामा प्रदेश ५ बाट नेकपा एमालेका उम्मेदवारहरु कोमल वली र मीना बुढा तथा नेपाली कांग्रेसकी अनिता देवकोटाको मात्र उम्मेदवारी परेको निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।
राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट ८ जना निर्वाचित हुने व्यवस्था छ । त्यसमध्ये महिला ३ जना हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्