ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वडा सदस्यले आफ्नै वडा अध्यक्षको कार्यकक्षमा ताला लगादिए


एबीसी / संवाददाता
२५ मंसिर २०७९, आइतबार   ५ : ४५   बजे

तनहुँ, २५ मंसिर । तनहुँको शुक्लागण्डकीमा वडा सदस्यले आफ्नै वडा अध्यक्षको कार्यकक्षमा ताला लगाइ दिएका छन् । वडा नं.९ का सदस्य दिपक महतले आइतवार विहान कार्यालय खुल्ने वित्तिकै वडा अध्यक्ष बाबुराम पुलामी मगरको कार्यकक्षतामा लगाएका हुन् ।

ढोरबाराही मन्दिरको समिति निर्माण र अन्य निर्णहरुमा वडा अध्यक्षले एकलौटी ढंगले निर्णय गरेको आरोप लगाउदै तालबन्दी गरेको महतले बताएका छन् । यता वडा अध्यक्ष पुलामीले भने ढोरबाराही मन्दिरको समिति मेयर र उपमेयरको रोहबरमा बनाइएको बताएका छन् ।

अन्य वडाका निर्णहरुमा पनि सबै सदस्यहरुको सामुहिक निर्णय अनुसार आफू बढेको उनको भनाई छ । सो वडामा वडा अध्यक्षसहित ५ जना नेकपा एमालेबाट निर्वाचित भएका हुन् । यसअघि पनि वडा सदस्य महतले असन्तुष्ट व्यक्त गर्दै कार्यालयमा अनुपस्थित हुने गरेका थिए ।

पार्टीले छलफल गरेर सहमति गरेपछि उनी वडामा जान थालेका थिए । यसैबीच उपमेयर खुम बहादुर विकको रोहबरमा विहानै वडा अध्यक्षको कार्यकक्षमा लगाईको ताला फोडिएको छ । उपमेयर विकसहित, वडा नं। ७ का अध्यक्ष खड्कसिंह थापा, वडा नं। ८ का अध्यक्ष नारायण सिंह थापा, प्रशासन शाखा प्रमुख लक्ष्मण लम्साल, इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक याम नारायण अर्यालसहितको उपस्थितिमा ताला फोडिएको हो । उपमेयर विकले विमती भए छलफलको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए । साथीहरुबीच समस्या हुन सक्छन, यो कुनै ठूलो कुरा होइन, उनले भने, तर कार्यकक्षमै ताला लगाएर मात्र समाधान भने हुदैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

सम्बन्धित

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बेदिका केसी राति नै छुटिन्, १० बजे सरकारी वकिलको कार्यालयमा हाजिर हुने शर्त

महोत्तरीमा खाना खाँदाखाँदै होटल कर्मचारीको मृत्यु, ताप्लेजुङमा फलैँचाबाट लडेर युवकको ज्यान गयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu