काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको छ । पूर्व अनुमानित नेका पहिलो र एमाले दोस्रो तथा माओवादी तेस्रो दल भएका छन् । गठबन्धनका बावजुद एमालेले केही सन्तोषजनक नतिजा हात लगाएको छ भने माओवादीले गठबन्धनको साथका बावजुद पनि झन सांघुरिएको छ । कांग्रेस र एमालेभित्रको अराजनीतिक पंक्तिका कारण घन्टी पार्टीको उदय भएको छ । मधेशमा उपेन्द्र यादवले निर्वाचन हार्ने मात्र होइन, उनको दललाई टक्कर दिनेगरी सिके राउतको जनमत पार्टी राष्ट्रिय मान्यता प्राप्त दल बनेको छ ।
सत्ता गठबन्धनको एकीकृत समाजवादीले प्रत्यक्षमा गठबन्धनको भरपूर सहयोगमा १० सिट जितेर पनि राष्ट्रिद दल बन्न सकेन । त्यही दलभित्र निर्वाचन पछि घर झगडा शुरु भएको छ ।
यो निर्वाचनमा दलहरुमात्र जनता बाट टाढिएका थिए कि नेपाली मिडिया झन बढी टाढिएका थिए भन्ने प्रश्न उठेको छ । नेपाली मिडियाले गरेको जर्नालिज्म हो कि भाइरलिज्मको आनन्द भन्ने विषयमा निर्वाचन नतिजासंगै मिडिया स्थितिको समेत प्रधानसम्पादक शुभशंकर कंडेलले विश्लेषण गरेका छन् । दलहरु जनविरोधी बन्दै गएको र त्यसैकै पछि पछि मिडिया दौडिरहने प्रवृत्तिबाट मिडियाले गम्भीरतापूर्वक आत्मसमीक्षा गर्नु पर्ने कंडेलको सुझाव छ । विस्तृत भिडियो विश्लेषण ।
प्रतिक्रिया दिनुहोस्