जुम्ला, ११ माघ । करको दायरामा नआएको भन्दै जुम्ला करदाता सेवा कार्यालयले ट्यूशन सेन्टरलाई कारवाही गरेको छ । स्थायी लेखा नम्बर नलिइ सञ्चालन गरेको भन्दै कारर्वाही गरको हो ।
जुम्लामा सञ्चालन गरिरहेका ट्यूूशन सेन्टरले स्थायी लेखा नम्बर समेत नलिइ व्यवसाय सञ्चालन गरी कर छलेको भन्दै डाइनामिक ट्यूशन सेन्टरलाई २० हजार रुपैयाँ, ब्राइट फ्यूचर टयूशन सेन्टरलाई ५ हजार रुपैयाँ, र न्यूभिजन ट्यूशन सेन्टरलाई ५ हजार रुपैयाँ कारवाही गरिएको करदाता सेवा कार्यालय जुम्लाका कर अधिकत खडानन्द खत्रीले जानकारी दिनुभएको छ ।
जिल्लामा स्थायी लेखा नम्बर नभएका डाइनामिक ट्यूशन सेन्टर, न्यूभिजन ट्यूशन सेन्टर, ब्राइट फ्यूचर ट्यूशन सेन्टर, चन्दननाथ कोचिङ सेन्टरहरुमा अनुगमन गरेर कारवाही गरिएको थियो ।
अनुगमनपछि समितिले गरेका निर्णहरुमा ट्यूशन सेन्टरले एक साता भित्र स्थायी लेखा नम्बर अनिवार्य लिइ सक्नुपर्ने र स्थायी लेखा नम्बर नलिइ ट्यूशन राख्ने सबै ट्यूशन सेन्टरका लेखा रजिष्ट्रर समेत जफत गर्ने निर्णय गरिएको करदाता कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्