काठमाडौं ७ पुस । विहीबार दिउंसो १२ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ वटा दलको बैठक बस्ने भएको छ ।
सांसदहरूलाई शपथ खुवाउनुअघि बस्ने गरी संसद्का ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सर्वदलीय बैठक बोलाएका हुन्।
सर्वदलीय बैठक लगत्तै दिउँसो १ बजे जेष्ठ सदस्य राणले नवनिर्वाचित प्रतिनिधिसभाका सांसदहरूलाई शपथ खुवाउने छन्। राणाले जेष्ठ सदस्यका रुपमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ खाएका थिए ।राणा हाल ८१ वर्षका भएका छन् । उनीभन्दा ६ महिनाले कम उमेरका चित्रवहादुर केसी अर्का ८० वर्षभन्दा बढीका सांसद हुन् । राणा राप्रपाबाट समानुपातिक सांसद हुन् भने केसी राष्ट्रिय जनमोर्चाको तर्फबाट बागलुंग १ बाट निर्वाचित सांसद हुन् ।
प्रतिक्रिया दिनुहोस्