ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय वन पुरस्कार मिलिजुली कबुलियती वन पाल्पालाई प्रदान


admin
३० असार २०७४, शुक्रबार   ५ : ५९   बजे

काठमाडौँ, ३० असार । वन विभागले यस वर्षको कबुलियती वन राष्ट्रिय पुरस्कार मिलिजुली कबुलियती वन पाल्पालाई प्रदान गरेको छ ।

विभागले हरेक वर्ष दिँदै आएको रु एक लाख राशिको पुरस्कार आज उक्त वनलाई प्रदान गरेको हो ।

विभागले उत्कृष्ट सामुदायिक वन राष्ट्रिय पुरस्कार नुवाकोटको छापगैरा सामुदायिक वनलाई दिएको छ । उक्त पुरस्कारको राशि नगद रु एक लाख रहेको छ ।

यस्तै, द्वितीय पुरस्कार हरियाली सामुदायिक वन कपिलवस्तुलाई रु ७५ हजार तथा तृतीय पुरस्कार निउरेनी चिसापानी सामुदायिक वन मकवानपुर र वनपाले सामुदायिक वन कास्कीलाई रु २५÷२५ हजार दिएको छ ।

विभागले निजी वन राष्ट्रिय पुरस्कार माइजोगमाई गाउँपालिका निवासी कुशुम दाहाललाई प्रदान गरेको छ । दाहाललाई रु ७५ हजार प्रदान गरेको हो ।

यसैगरी सामुदायिक वन पत्रकारिता पुरस्कार नागरिक दैनिकका पत्रकार शेरबहादुर केसी र कारोबार दैनिक पत्रिका पत्रकार प्रगति ढकाललाई प्रदान गरेको छ । उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

ती पुरस्कार प्रदान गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बुढाथोकीले सामुदायिक वनले पनि वन क्षेत्रको स्रोत व्यवस्थापनका लागि लोकतान्त्रिकरण गरेको बताउनुभयो ।

उहाँले समुदायले सामुदायिक वनको संरक्षण, व्यवस्थापन र प्रतिफल लिने अधिकार प्राप्त गरेको स्पष्ट पार्नुभयो ।

वन तथा भूसंरक्षण मन्त्रालयका सचिव प्रकाश माथेमाले वन क्षेत्रको विकास र विस्तारका लागि मन्त्रालय गम्भीर रहेको बताउँदै आवश्यक नीति र नियम बनाउने कुरामा मन्त्रालयले सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।

वन विभागका महानिर्देशक कृष्णप्रसाद पौडेलले वन क्षेत्र मानिसको आधारभूत आवश्यकताको क्षेत्र भएकाले यसलाई स्थानीय तहमा कसरी लैजाने भन्नेबारेमा विभागले छलफल सुरु गरेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

यलुङरी हिमालमा हिमपहिरोमा बेपत्ता पाँचजनाको शव नौ महिनापछि फेला

२४ घण्टामा सवारी दुर्घटनामा पाँचजनाको मृत्यु, १२७ भन्दा बढी घाइते

सम्बन्धित

ईभीको भविष्य ब्याट्रीमा निर्भर, सोलिड–स्टेटदेखि अल्ट्राफास्ट चार्जिङसम्म प्रतिस्पर्धा

गाडी किन्न बैंकको तछाडमछाड, उद्योग चलाउन किन कर्जा संकट?

ग्लोबल आइएमई क्यापिटलले १ अर्बको म्युचुअल फन्ड ल्याउँदै

बढ्दो खराब कर्जाले दबाबमा बैंकिङ क्षेत्र, नाफादेखि नयाँ कर्जा प्रवाहसम्म असर

अर्थमन्त्री वाग्लेले आज बहुराष्ट्रिय कम्पनीका सञ्चालकसँग छलफल गर्दै

स्वास्थ्य बीमामार्फत ४२ हजारभन्दा बढी कडा रोगका बिरामीले उपचार पाए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu