ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यूके सिजनल भिसा आवेदकमाथि ठगी गर्न दूतावासको लेटरहेड र छाप दुरुपयोग


एबीसी न्यूज
२२ पुस २०७९, शुक्रबार   ९ : ००   बजे

काठमाडौं, २२ पुस । बेलायतमा सिजनल भिसामा नेपालबाट कामदार ल्याउने एजेन्टर कम्पनीबाट लन्डनस्थित नेपाली दूतावासको नाम दुरुपयोग भएको पाइएको छ ।दूतावासका नाममा गलत वक्तव्य प्रकाशित गरी लेटरहेड, छाप र दस्तखत समेतको दुरुपयोग गरिएको दूतावासले जनाएको छ।

दूतावासले विहीबार एक वक्तव्य जारी गर्दै आफ्नो लेटरहेड, छाप र दस्तखत अनाधिकृत रुपमा प्रयोग गरी सूचना निकालिएकोप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

गत पौष १८ गतेका दिन ‘यूके सिजनल भिसा मिति परिवर्तनबारेमा’ भन्दै दूतावासको लेटरहेड, छाप र दस्तखतसहितको एक फर्जी सूचना प्रकाशित भएको थियो ।

उक्त सूचनामा सन् २००२२ का लागि भिसा आवेदन दिएका र अन्तरवार्ताको पालो नपाएका आवेदकहरुको अन्तरवार्ता सन् २०२३ को दोस्रो महिनाको दोस्रो हप्ताबाट सुचारू हुने उल्लेख थियो।

साथै, भिसाको अवधि ८ महिनाको हुने र कार्य क्षेत्रको मौसमअनुसार अन्तरवार्ताको मिति फेरि परिवर्तन हुन सक्ने गलत सूचना पनि वक्तव्यमा थियो।

दूतावासको नाम दुरुपयोग गरी कसले सूचना निकाल्यो भन्ने स्पष्ट नभइसकेपनि सिजनल भिसामा कामदार पठाउने कुनै एजेन्ट वा कम्पनीले आफ्नो स्वार्थअनुसार दुरुपयोग गरेको आशंका दूतावासको छ ।

‘आवेदकहरुलाई गलत सूचना दिएर ठगी गर्ने र आफ्नो स्वार्थ पूरा गर्ने नियतमा दूतावासको लेटरहेड र छाप दुरुपयोग भएको देखिन्छ’, दूतावासका सेकेन्ड सेक्रेटरी रामबाबु नेपालले नेपाली लिंकलाई भने, ‘यो गलत र भ्रामक सूचनाबारे सचेत रहनुहुन हामी सम्बन्धित सबैमा आग्रह गर्दछौं ।’

उनले यस कार्यमा संलग्न समूहको पहिचान गरी आवश्यक कारबाहीका लागि परराष्ट्र मन्त्रालयमा पत्राचार गरिसकिएको पनि जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group