ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले पुस २६ मा नै सरकार ढाल्ने खुद्रा र गुलेली खेल खेल्योः केपी ओली


ABC NEWS
२३ पुस २०७९, शनिबार   ३ : ३०   बजे

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका निर्वाचित सांसदहरू अगामी २६ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकालाई विश्वासको मत दिलाउन आग्रह गरेका छन्। शनिबार सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकारविरुद्ध खुलेआम चलखेल भएको भन्दै सजग गराएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले ‘वी विल कम ब्याक’ भन्दै सरकार ढाल्ने प्रयास गरिरहेको भन्दै ओलीले भने, ‘अहिले असफल पार्ने प्रयास धेरै भइरहेको छ। मााननीय सभापति शेरबहादुर देउवाले भन्नुभयो, वी वील कम ब्याप। हि डजन्ट डन्ट होएन दे कम ब्याकरु,’ उनले भने, ‘संकेत उहाँहरुले २६ गते नै ढाल्छौं र आउँछौं भन्नुभयो। उहाँहरु यस्तो खुद्रा खेल खेलिरहनुभएको छ।’

देउवा अन्य कुनै दलको अध्यक्षलाई बोलाएर प्रधानमन्त्री बनाउन भनिरहेको भन्दै ओलीले संविधानको धारा समेत सम्झाएका छन्।

‘पार्टीहरुमा मानिरहनुभएको छ प्रधानमन्त्री। एउटा पार्टीको अध्यक्षलाई बोलाएर तिमि पार्टीको अध्यक्ष बन भनिरहनुभएको छ,’ यो धारा ७६ ९२०को सरकारले विश्वासको मत प्राप्त गरेन भने स्वतः अर्को कुनै विकल्पमा नगई यसले विश्वासको मत प्राप्त गर्छ। संविधानको धारा ७६ ९३०को सबैभन्दा ठूलो पार्टीको दलको नेताले प्रधानमन्त्रीको नियुक्ति पाउँछ।’

कांग्रेसका नेताहरु अबको ५ वर्ष विरोध र सरकार ढाल्ने खेलमा लाग्ने ओलीले बताए।

‘अहिले विश्वासको मत नपाउनेबित्तिकै यहाँ विश्वासको मत नपाउनेबित्तिकै उहाँ असफल हुने हो, त्यो पाउँछ,’ ओलीले भने, ‘उहाँहरुश्रको धन्दा अबको ५ वर्ष यो सरकारको विरोध र ढाल्न पाए हुने भनेर बस्नुहुन्छ। २३ सिट हुँदा पनि विभिन्न व्यक्तिहरुका प्रयास र गल्ती मिसिएर कांग्रेसले सरकारको नेतृत्व लिएको थियो। उसले अहिले फेरि यो ढाल्न पायो भने फेरि पनि सरकारको नेतृत्व पाउँछ। विश्वासको मत पाएन भने ५ तिर जान्छ। ४ मा विश्वासको मत लिन खोज्दा पनि पाएन भने संविधानको धारा ७६ ९५० मा जान्छ। त्यतिको राजनीति गरिरहेका नेताहरुले त्यो नबुझेको छैन।’

ओलीले सांसदहरुलाई यस्ता कुराहरुमा नअल्झिन समेत आग्रह गरेका छन्। ‘हामी यस्तो कुरामा अल्झिने कुरा छैन। देशमा अहिले बनाएको सरकार सफल र प्रभावकारी बनाउनपर्छ।’ ओलीले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group