काठमाडौं ३० असार ।
जनता बैंक नेपाल लिमिटेडले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई गाभेर शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेको छ ।
जनता बैंक नेपाल लिमिटेडले सिद्धार्थ डेभलेपमेन्ट बैंक प्राप्ती गरी एकीकृत कारोबार सुरु गरेको हो । सिद्धार्थ डेभलपमेन्ट बैंक प्राप्तीसगै जनता बैंक नेपाल लिमिटेडको निक्षेप करिव ५० अर्ब रुपैया“ पुगेको छ । त्यसैगरी कर्जा ४५ अर्ब र चुक्तापूजी करिव ७ अर्ब पुगेको छ । बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले नेपाल राष्ट्र बंैकको निर्देशन अनुसार जनता बैंक जनताको सेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बैंकले देशभर १ सय १३ वटा शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्