ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्र बैंकले नगद मार्जिन हटायो, १० महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति


abc tv
५ माघ २०७९, बिहिबार   ६ : १३   बजे

काठमाडौं । कम्तीमा १० महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति भएपछि नेपाल राष्ट्र बैंकले नगद मार्जिनको व्यवस्था हटाएको छ।

आर्थिक वर्ष २०७९–८० को पाँच महिनाको आयातलाई आधार मान्दा बै‌किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १० महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ।

त्यहीकारण वस्तु आयत गर्दा राख्नुपर्ने नगद मार्जिनको व्यवस्थालाई हटाएको हो।

बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई सर्कुलर जारी गर्दै राष्ट्र बैंकले भनेको छ,‘बैंक तथा वित्तिय संस्थाबाट विदेशी विनिमय कारोबार गर्न यसअघि गरिएको व्यवस्था खारेज गरिएको छ।’

कति छ विदेशी मुद्रा ?

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६।३ प्रतिशतले वृद्धि भएको छ।

विदेशी मुद्रा सञ्चिति मंसिर मसान्तसम्म आइपुग्दा १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड थियो। २०७९ मंसिर मसान्तमा ३ प्रतिशतले वृद्धि भई ९ अर्ब ८२ करोड कायम भएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा ७।८ प्रतिशतले वृद्धि भई ११ खर्ब ३९ अर्ब २२ करोड पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँगको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १खर्ब ५९ अर्ब ४१ करोड थियो। तर गत मंसिर मसान्तमा ३।८ प्रतिशतले कमी आई १ खर्ब ५३ अर्ब ३४ करोड कायम भएको छ।

गत मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ।

गत वर्षदेखि केही वस्तु आयात प्रक्रिया सुरु गर्दा अर्थात बैंक तथा वित्तीय संस्थाबाट प्रतितपत्र खुल्ला गर्दा नै नगद जम्मा गर्नुपर्ने वयवस्था गरिएको थियो।

अब यो व्यवस्था हटाइएको छ। प्लास्टिक, माछा र तिनका परिकार, सुपारी, केराउ, केरा, छोकडा, गाडी, मोटरसाइकल, घडी, सजावटका सामग्री, साबुन, स्याम्पु, छाला, मसलाजन्य वस्तु, डेरीका वस्तु, फूल, जनावरका दाना चकलेट, चुइँगम, तास, फुटवेयर, प्लाइउड, चाँदी र मदिरामा नगद मार्जिनको व्यवस्था थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group