ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समयमा काम नगर्ने ठेकेदारलाई कडा कारवाही गर्ने एमाले उपमहासचिव पौडेलको चेतावनी


admin
११ माघ २०७४, बिहिबार   ६ : २४   बजे

बुटवल, ११ माघ । नेकपा एमालेका उप–महासचिव एवं रुपन्देही क्षेत्र नम्वर २ का सांसद बिष्णु पौडेलले निर्माण आयोजना समयमा नसक्ने निर्माण कम्पनीलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

अब बन्ने सरकारका सम्भावित मन्त्री समेत रहेका पौडेलले बुधबार बुटवलको दानव नदीमा दुईवटा मोटरेवल पुलको शिलान्यास गर्दै काम गर्न नसक्नेले आयोजना जिम्मा लिन नहुने भन्दै ठेक्का पाएर काम नगर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिनुभयो ।

सरकारले हिजो सुकुम्वासी आयोगका जिल्ला अध्यक्ष तोकेकोमा पौडेलले बिरोध जनाउनुभएको छ । सरकार परिवर्तनको समयमा सरकारले गठन गरेको सुकुम्बासी अयोगको कुनै अर्थ नरहेको पौडेलले बताउँदै यो आयोग सुकुम्बासीलाई लालपुर्जा दिनको लागि नबनेको जिकिर समेत गर्नुभयो ।

पौडेलले मजुवा–मैनावगर, मैनावगर–जीतगढी जोड्ने पुलको शिलान्यास गनुभएको हो । हाल काठेपुल रहेको स्थानमा अव पक्की पुल बन्न लागेको हो ।

बज्रगुरु कन्स्ट्रक्सन कम्पनी ललितपुरले १२ करोड ६८ लाख ६४ हजार ठेक्का लिएको पुलको निर्माण ०७७ बैशाख १४ गतेसम्म सक्नुपर्ने सम्झौता रहेको छ । १ सय १३ मिटर लम्बाई र ७ दशमलव ५ मिटर चौडाईको पुल बन्नेछ ।

त्यसैगरी आजै उपमहासचिव विष्णु पौडेलले जितगढी दानव जोड्ने पुलको शिलान्यास गर्नुभएको छ । ११ करोड ३३ लाख ७७ हजारको लागतमा निर्माण हुन लागेको पुलको लम्बाई १ सय १३ मिटर तथा चौडाई ७ दशमवल ५ मिटर हुनेछ । सोजन लुम्बिनीले निर्माणको जिम्मा पाएको कम्पनीले ०७७ जेठ १४ गते पुल निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको डिभिजन सडक कार्यालयका प्रमुख कैशाल कुमार श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group