कर्णाली, १६ माघ । कर्णालीका प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले अहिलेको अवस्था भनेकै जनताको अवस्था परिवर्तन भएको बताएका छन् ।
प्रेस सेन्टर नेपाल १९औँ स्थापना दिवसका अवसरमा उक्त संगठनको कर्णाली प्रदेश समितिद्वारा आज राजधानी वीरेन्द्रनगरमा आयोजित ‘दिगो विकासमा आमसञ्चारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको व्यवस्था बदलिए पनि जनताको अवस्था परिवर्तन हुन नसकेको बताए । उनले भने, “जनताको माग भनेकै उनीहरुको अवस्था बदल्नु हो । त्यसतर्फ हामी केन्द्रित हुनुपर्ने बेला आएको छ ।”
मुख्यमन्त्री शर्माले मिडिया क्षेत्रले जनताका समस्या मात्र नभई त्यसको समाधानका उपायसमेत उजागर गर्न आग्रह गरे । जनताको कामदारका रूपमा आएको जनाउँदै उनले भने, “म कामदार हुँ । मलाई काम गर्न दिनु हुनेछ ।” कर्णालीको समृद्धिको सपना पूरा गर्ने अभिभारा हामी सबैको रहेको जनाउँदै उनले देशको अवस्था परिवर्तनका मुद्दामा पत्रकारिताजगत्बाट अपेक्षित सहयोग पुग्ने बताए ।
प्रतिक्रिया दिनुहोस्