ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी


एबीसी / संवाददाता
१८ माघ २०७९, बुधबार   १० : ०१   बजे

खलंगा, १८ माघ । जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । चालीस कैदीबन्दीको क्षमता रहेको कारागार हाल ६४ कैदीबन्दी राखिएको छ ।

क्षमताबन्दा बढी कैदीबन्दी राखिँदा उनीहरुलाई बस्न समस्या भएको जिल्ला कारागारका जेलर रामराज पन्तले बताए । उनका अनुसार २५ पुरुष र १५ महिला कैदीबन्दी राख्न उक्त कारागार बनाइएको हो । “२५ पुरुष कैदीबन्दी राख्ने ठाउँमा ६१ जना राख्नुपरेको छ,” उनले भने । यस्तै १५ महिला कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल तीन जनामात्रै छन् ।

हाल कारागारमा सबैभन्दा बढी जबरजस्ती करणी मुद्दाका १९ कैदीबन्दी छन् । कर्तव्य ज्यान मुद्दाका १४ पुरुष कैदी रहेको जेलर पन्तले बताए । यस्तै, चोरी डकैती मुद्दाका दुई पुरुष, बहुविवाह मुद्दाका एक महिला र एक पुरुष, बालविवाह मुद्दाका एक पुरुष, चोरी मुद्दाका सात कैदी र एक थुनुवा, बन्यजन्तु ओसारपोसारका तीन कैदी र एक बन्दी तथा लागुऔषध मुद्दाका एक कैदी (पुरुष) र एक बन्दी (पुरुष) रहेका प्रमुख पन्तले बताए ।

यसैगरी, जबरजस्ती करणी, बालविवाह मुद्दाका एक पुरुष कैदी, बहुविवाह मुद्दाका दुई पुरुष र एक महिला, व्यक्ति बेपत्ता मुद्दाका एक महिला र एक पुरुष कैदी र आत्महत्या दुरुत्साहन मुद्दाका एक पुरुष कैदी जेलमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

सुदूरपश्चिम प्रदेश: १ बजेसम्म करिब ३० प्रतिशत , बर्दियामा २ बजेसम्म ४३ प्रतिशत मत खस्यो

देउवा बिना सुदूरपश्चिम: कांग्रेसको ‘अजेय किल्ला’ ढल्ने खतरा ! देशभर कहाँ कहाँ असर पर्दैछ ?

कैलाली–१ : रेशम चौधरीको गढमा शक्ति सन्तुलन फेरिने संकेत

रास्वपा नेता बालेन दार्चुलामा : समर्थकको घेराबन्दी (तस्बिरहरू)

देउवाको गृहजिल्ला डडेलधुरामा बालेन : “सुदूर अब दुर नाई, झिकै झिकै माया तम्लाई!”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group