ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जबर्जस्ती करणीपछि एक महिला र बालिकालाई भारत लैजान खोज्ने दुई जना भारतीय पक्राउ


ABC NEWS
१८ माघ २०७९, बुधबार   ४ : ३७   बजे

 

विराटनगर १८ माघ । झापाकी एक महिला र १३ वर्षीया बालिका जबर्जस्ती करणीपछि मानव बेचबिखनको फन्दामा परेको घटना सार्वजनिक भएको छ । उनीहरूलाई दुई भारतीय नागरिकले होटलमा जबर्जस्ती करणी गरेपछि भारतीय कोठीमा बेच्नका लागि लैजाँदै गरेको अवस्थामा प्रहरीले उनीहरूको उद्धार गरेको छ भने दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

 

प्रहरीलाई पीडित महिलाले दिएको बयानअनुसार अर्काको घरमा मजदुरी गरेर जीविका चालउँदै आएकी झापा कन्काई नगरपालिका ४ की मुस्लिम समुदायकी २७ वर्षीया महिला र १३ वर्षीया बालिका कामको खोजी गर्दै गत बिहीबार प्रदेश १ को राजधानी विराटनरमा आइपुगे ।

ती महिलाकी माइली दिदीको एक दशकअघि नै मृत्यु भएपछि ती बालिका उनीसँगै बस्दै आएकी हुन् । विराटनगर आइपुगेपछि ती महिला बालिकालाई सँगै लिएर कामको खोजी गर्दै मुख्यमन्त्री कार्यालय दक्षिणको नहर छेउको मनकामना होटल पुगिन् । त्यसबेला साँझको ४ बजेको थियो । झापा घर फर्कन उनीसँग रकम पनि थिएन । खाने र बस्नेको ठेगान पनि थिएन । अन्योलमा परिरहँदा होटलमै रहेका भारतीय नागरिक सुपोल सिम्राही(१३ का बाबु साहव र अररिया नसदगन्ज(१४ का मोहम्मद जाहगिरसँग उनको भेट भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

उनीहरुले ती महिला र बालिकालाई सोधखोज गर्न थाले । महिलाले आफ्नो अवस्थाबारे बेलीबिस्तार सुनाइन् । त्यसपछि ती दुई भारतीय नागरिकले होटलको भन्दा राम्रो र बढी पैसा हुने जागिर लगाइदिने आश्वासन दिँदै आफूहरुसँगै हिँड्न आग्रह गरेको पनि प्रहरीको अनुसन्धानमा खुलेको छ ।

महिला र बालिकाले उनीहरुको प्रस्ताव तत्काल स्वीकार गरेनन् । ुतपाइँलाई चिनेका पनि छैनौं र हामीसँगै पनि जाँदैनौं,ु ती महिलाले उनीहरुलाई जवाफ दिएकी थिइन् । भारतीय नागरिकले भने आफूहरू पनि मुस्लिम भएकाले आफ्नै समुदायका महिला अप्ठ्यारोमा पर्दा सहयोग गर्ने भन्दै सहयोग गर्ने बाचा दिए।

त्यसपछि भने ती महिला र बालिका आर्थिक समस्याका कारण उनीहरुको प्रस्तावमा राजी भए । त्यहाँबाट भारतीय नागरिकले उनीहरूलाई सिटी रिक्सामा हालेर विराटनगर(१५ रानीस्थित सीमा क्षेत्रको हिमाल गेष्ट हाउसमा पुर्‍याए । त्यहाँ पुगेपछि चारै जनाले खाना खाए ।

तर राती ती भारतीय नागरिक बाबु साहवले महिलालाई सहयोग गर्ने भन्दै आफैसँग सुत्न दबाब दिए । १३ वर्षीया छोरीलाई भने आफ्नै साथीसँग सुत्न उनले दबाब दिए । यसो गर्दा होटल खर्च कम हुने भन्दै ती भारतीयले महिलालाई दबाब दिए ।

महिलाले भारतीय बाबु साहवको प्रस्ताव अस्वीकार गर्दै आफूहरू अलग कोठामा सुत्ने भनेर अडान राखिन् । तर बाबु साहव रिसाउँदै त्यसो भए आफ्नो खर्च आफैं तिर्नुपर्ने भने ।

अन्ततस् महिला बाबु साहवकै कोठामा सुत्न बाध्य भइन् । राती बाबु साहवले जबर्जस्ती करणी गरेको महिलाले प्रहरीसँगको आफ्नो बयानमा भनेकी छन् ।

भोलिपल्ट बिहान ११ बजे चारै जनाले खाना खाएपछि होटलको सबै खर्च दुवै भारतीय नागरिकले तिरेर होटलबाट निस्किए । त्यहाँबाट उनीहरुले ती महिला र बालिकालाई भारतमा राम्रो जागिर लगाइदिने प्रस्ताव गर्दै भारतीय सीमातिर लगे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

सम्बन्धित

अमेरिका र इरानको अवसरको अनौठो क्षण

ओली–प्रचण्डको नयाँ ‘गेम प्लान’: वडाबाट सुरु हुने वाम सहकार्य

सिंहदरबारको फेरिएको मुड : ‘उद्घाटन–संस्कृति’ को अन्त्य कि शक्ति केन्द्रीकरणको सुरुवात ?

पराजयपछि फेरि ब्युँतियो वाम एकताको बहस : पुनर्गठन कि अवसरवादी ध्रुवीकरण ?

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu