काठमाडौँ २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । शनिबार राति ८ः ३० का लागि बैठक बोलाएको छ । पार्टी कार्यालय बसुन्धारामा बैठक बस्ने तयारी गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग रास्वपाका सभापति रवि लामिछानेले भेटेपछि प्रधानमन्त्रीको नयाँ प्रस्ताव भन्दै आकस्मिक रुपमा पार्टी बैठक डाकिएको हो ।
रास्वपाले गृह मन्त्रालय आफूलाई दिने रन दिने विषयमा दुई दिनभित्र टुंगो लगाउन बिहीबार प्रधानमन्त्रीसहित गठबन्धनका मुख्य घटकलाई अल्टिमेटम दिएको थियो ।
रास्वपाका एक सांसदका अनुसार प्रधानमन्त्रीले रास्वपालाई गृह मन्त्रालयको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जिम्मा लिने र गैरसांसदलाई मन्त्री बनाउन नहुने प्रस्ताव गरेका छन् ।
गृहमन्त्रालयको अडानबाट रवि र रास्वपा पछि हटे, भौतिक योजना मन्त्रालयमा नयाँ दावी
प्रतिक्रिया दिनुहोस्