काठमाडौं, १२ माघ ।दक्षिण कोरियाको एक अस्पतालमा भएको भीषण आगलागीमा ३१ जनाको मृत्यु भएको छ ।
दक्षिण पूर्वी मिरयाङमा अवस्थित अस्पतालमा आगो लाग्दा अन्य ४० जना घाइते भएका छन् । ११ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । आगालागीका समयमा एक सयभन्दा बढी मानिस अस्पतालभित्र रहेको बताइएको छ ।
मूख्यतः ज्येष्ठ नागरिकको उपचार गर्ने अस्पतालको इमरजेन्सीबाट आगो सल्किएको बताइन्छ । आगोका कारण संगै जोडिएको नर्सिङ होम पनि प्रभावित भएको छ । आगलागीमा अस्पताल र नर्सिङ होममा रहेका मानिस परेका छन् । नर्सिङ होमबाट ९३ जनाको सकुशल उद्धार गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्