ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलाजस्तो माछा पाइन छाडे’


एबीसी न्यूज
३ फाल्गुन २०७९, बुधबार   १ : ०७   बजे

काठमाडौं,३ फागुन । कञ्चनपुर, ३ फागुन ९रासस०: लालझाडी गाउँपालिका–४ का ६५ वर्षीय रामबहादुर चौधरीले गाउँ नजिकैको दोदा नदीमा धेरै वर्षदेखि माछा मार्ने काम गर्दै आउनुभएको छ । नदीमा पहिलेको जस्तो माछा पाइँदैनन् । दिनभरि नदीमा जाल खेलाउँदा थोरैमात्र माछा पर्ने गरेका छन् ।

नदीमा थोरै प्रजातिका माछामात्रै रहेको उहाँले बताउनुभयो । “विगतमा नदीमा जाल खेलाउँदा एक घण्टाभित्रै पाँच–छ किलो माछा मार्न सकिन्थ्यो”, उहाँले भन्नुभयो, “हाल नदीमा माछा पाउनै छाड्यो, जालमा पहिला एउटै माछा दुई किलोदेखि पाँच किलोसम्मका हुन्थे, हाल दिनभरि जाल खेलाउँदा पनि चार–पाँच स–साना माछामात्रै जालमा पर्ने गरेका छन् ।”

“घरमा भात पकाउनका लागि पानी चुलोमा राख्थ्यौँ, माछा मार्नका लागि घर नजिकैको नदीमा जान्थ्यौँ”, शुक्लाफाँटा नगरपालिका–७ का ८० वर्षीय आसाराम चौधरीले भन्नुभयो, “नदीमा माछा मार्न पसेको केही छिनमै पूरै परिवारका लागि पुग्ने गरी माछा मारेर फर्कन्थ्यौँ ।” पहिलेको जस्तो अहिले माछा नदी तलाउमा नपाइने गरेको उहाँले बताउनुभयो ।

“पहिलेको जस्तो वर्षा हुनै छाड्यो, त्यसै कारणले नदीमा पानीको बहाव पहिलेको जस्तो छैन, नदीमा पानी कम भएपछि माछा हुने कुरै भएन”, उहाँले भन्नुभयो, “गर्मीका बेला त नदीतलाउ सुक्नसमेत थालेका छन्, यसै कारणले पनि नदीतलाउमा पहिलाजस्तो माछा पाइन छाडेको छ ।”

वर्षात्मा धानका खेतमै थुप्रै माछाका पाइने गरेका थिए । खेतकै आलीमा परम्परागतरूपमा बनाइएका पाहाउ, वरेरुवा, खोङग्या लगाएर माछा पक्रने गरिन्थ्यो । हाल खेतबारीमा रासायनिक मलसँगै विषादीको प्रयोग हुन थालेपछि माछाका प्रजाति हराउँदै गएका छन् । “खेतमा बालीलाई रोग किराको प्रकोपबाट जोगाउन छर्किने बिषादी खेत हुँदै नदीतलाउमा पुग्ने गरेको छ”, स्थानीय वासुदेव रानाले भन्नुभयो, “नदी तलाउमा माछा मार्नका लागि विषादीको प्रयोग हुन थालेपछि माछाका प्रजाति लोप हुन थालेका छन्, केही लोप भइसकेका छन् ।”

वर्षात् सकिएपछि दोदा नदीमा कात्तिकदेखि जेठसम्म धिमरी राखेर माछा मारेको उहाँ सम्झनुहुन्छ । “गाउँका मन मिल्ने साथीले सामूहिक नदीमा बाँध बनाइ धिमरी राख्थ्यौँ”, उहाँले भन्नुभयो, “धिमरीमा फसेका माछा बिहानीपख भाग लगाउँथ्यौँ, एउटैको भागमा पाँचदेखि सात किलोसम्म पर्दथ्यो, खान सकेको माछा खान्थ्यौ, नसकिएको सुकुटी बनाएर वर्षात्का बेला तरकारीका रूपमा खान्थ्यौँ ।”

नदीमा धिमरी लगाउँदा माछा चोरी हुनबाट जोगाउन रातिका बेला पहरा दिइने गरिन्थ्यो । पहिलाजस्तै केहीले अहिले पनि नदीमा धिमरी लगाउने गरे पनि माछा पहिलाजस्तो पर्दैन । दुई–तीन दिनमा धिमरी खोल्दा मुस्किलले एक–दुई किलोसम्म माछा पर्ने गरेको छ । जलवायु परिवर्तन र विषादीको जथाभावी प्रयोगले रैथाने माछाका प्रजाति लोप हँुदै गएको उहाँको बुझाइ छ ।

चुरे क्षेत्रको जथाभावी नदीजन्य पदार्थको दोहन हँुदा नदीको गहिराइमा केही वर्षदेखि कमी हुँदा माछाका प्रजाति घटदै गएको शुक्लाफाँटा नगरपालिका–१२ का वडाध्यक्ष नवलसिंह रानाको भनाइ छ । “बालुवाले नदीको गहिराइ दुई फिटभन्दा कम भएको छ”, उहाँले भन्नुभयो, “नदीको सतह पुरिँदै गएपछि माछाको बासस्थान मासिदै गयो, लोप हुन थालेका छन् ।” उहाँका अनुसार पहिला नदीतलाउमा रैथाने जातका लचिया, वैखा, रोहु, नैन, चन्दविजला, टेङगर, कटा, गोेछो, गुनगुना, नङ्गवा, रबा, भगना, डेडवा, चुहिला, कुर्सा, सिङ्गी, भुरिया, महासेरा, कटुवा, मुग्रो, मलाइच, बजेट्टा, खजुरा, गेट, चरैया, भकुरा, ढोर्री, सुमरा, खर्सा, झिङ्गा, वगस, गइट्टा, गैँडो, मलगी, पत्थरचट्टी, भेदल, गोंजा, फिलोसिंया, पडनीलगाायतका माछा पाइने गरेका थिए ।

रैथाने प्रजातिका आधा प्रजाति पनि नदी तलाउमा हाल नपाइने गरेको रानाले बताउनुभयो । नदी पुरिए, पानीको बहाव घटयो, नदीमा पानी जम्मा हुने कुण्डा, तलाउ नासिए, प्राकृतिक तालमा मानव अतिक्रमणले नासिदै गए, नदी तलाउमा विषादीको प्रयोग बढ्न थालेपछि माछाका प्रजाति हराउँदै गएको उहाँको भनाइ छ । नदीतलाउमा विषादी हालेपछि रैथाने जातका माछा देख्नै दुर्लभ हुन थालेको राना बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group