ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ


एबीसी / संवाददाता
५ फाल्गुन २०७९, शुक्रबार   ६ : ४१   बजे

दिपायल, ५ फागुन । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्रीले पाएको विश्वासको मतलाई समेत सम्बोधन हुने गरी राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गरिनुपर्ने उनले बताए । उनले भने, “प्रधानमन्त्रीजस्तै राष्ट्रपतिका लागि पनि राष्ट्रिय सहमति भयो भने मुलुकको राजनीति र राष्ट्रिय एकता ठीक ढंगबाट अगाडि बढ्छ ।”

नेपाल चेम्बर अफ कमर्सले दिपायलमा आयोजना गरेको तेस्रो प्रादेशिक महोत्सवको उद्घाटन कार्यक्रममा आएका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले ऐतिहासिक समर्थनका साथ यो सरकारलाई संसद्मा विश्वासको मत प्राप्त भएको भन्दै त्यस कुरालाई समेत सम्बोधन हुने गरी राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन गर्न माओवादी केन्द्र लागिरहेको प्रष्ट पारे ।

उनले वर्तमान सरकार लोकतन्त्र, संघीयता र संविधानको रक्षा गर्न कटिबद्ध भएर लाग्ने बताउँदै राजनीतिक परिवर्तनबाट भएका उपलब्धिलाई मध्यनजर गर्दै सरकार आर्थिक समृद्धि तथा सुशासनतिर अघि बढ्ने जानकारी दिए । सरकारले ल्याएका नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रिय सहमति र सहकार्य अपरिहार्य रहेकामा उनको जोड थियो ।

विकास निर्माणका आयोजना बोलपत्र भएर पनि समयमा काम सम्पन्न हुन नसकेकालाई आफूहरूले पहिलो प्राथमिकतामा राखेको उनको भनाइ थियो । “सकेसम्म बाँकी काम गराउने हाम्रो उद्देश्य हो, तर काम सम्पन्न गर्ने स्थिति छैन भने हामी टुलुटुलु हेरेर बस्ने छैनौँ, बोलपत्र गरेर वर्षौँसम्म राज्य र जनतालाई नोक्सानी पुर्याउने काममा हामी छुट दिन सक्दैनौँ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “कि तुरुन्तै काम गराउँछौँ कि त बोलपत्र रद्द गरेर नयाँ प्रक्रियामा जान्छौँ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीमा बहाव बढ्यो, तर ठूलो बाढीको जोखिम नरहेको पूर्वानुमान

त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारमा आशा जाग्यो, उद्धार टोली क्राउनसम्म पुग्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विपद्मा राज्यको परीक्षा : उद्धारमा गति, निर्णयमा संवेदनशीलता र सहयोगमा खुलापन

‘बाढी आउँदैछ’ भन्ने खबर पाएर विद्यालय पुगेँ, तर २० भन्दा बढी विद्यार्थी हराइसकेका थिए

भोटेकोशीमा बहाव बढ्यो, तर ठूलो बाढीको जोखिम नरहेको पूर्वानुमान

रसुवा बाढी उद्धारमा भारत–चीनको संलग्नताः सहयोग कि भू–राजनीतिक छटपटी ?

Ontario Premier Erects Sign Reaffirming ‘Lake Ontario’ Amid Trade Dispute

Zaporizhzhia Nuclear Plant Relies on Emergency Power for Over a Week

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu