ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीमानले विदेशबाट पठाएको २२ लाख लिएर श्रीमतीले अर्कैसँग विवाह गरेपछि…


एबीसी न्यूज
५ फाल्गुन २०७९, शुक्रबार   ११ : ०६   बजे

काठमाडौँ । आफ्ना श्रीमान लोप्साङ स्याङ्तान बिदेश गएको दुई महिनामामै सपना सिंतान र सगुन तामाङले विवाह गरेका छन ।  काभ्रेको महाभारत गाउँपालिका वडा नं ८ घर्तिछाप आकुरा कि सपना सिंतान र काभ्रेको खानिखोला गाउँपालिका वडा नं ४ सिरुटार निवासी लोप्साङ स्याङ्तानबिच २०७२ साल मङ्सिरमा विवाह भएको थियो ।

आफ्नो छोरा र श्रीमतिको सुख र खुशीको खोजिमा मरुभुमिमा आफ्नो रगत र पसिना बगाएर कमाएको पैसा लिएर अन्तै घरजम गरी आनन्द लिइरहेका यी जोडी बारा जिल्लाको निजगढ नगरपालिका वडा नं १० स्थित लाल भन्ने ठाउँमा छन । श्रीमान लोप्साङ स्याङ्तानले पठाएको करिब २१ लाख ५२ हजार ९ सय ४४ रुपैँया झ्वाम त पारे नै अहिले  त्यही पैसाले सपनाले सगुन तामाङसँग घरबार बसालेकी छिन ।

विवाह गरेको करिब १ वर्षपछी बैदेशिक रोजगारको सिलसिलामा मलेसिया गए । उनीहरुको सम्बन्ध राम्रो नै थियो । सासु ससुरासँग नबसी भक्तपुरमा डेरा लिएर बसेका उनले बनेपामा डेरा सारे । बनेपामा डेरा सारे देखी नै सपनाले अर्कै राजाकुमारको सपना देख्न थाले । आफ्नो श्रीमान आफ्नो सन्तान र भविष्यको लागि विदेशी भुमीमा पसिना बगाएको कुरा बिर्सेंर उनले नयाँ राजकुमारसंग प्रेमलीला शुरु गरे । बिदेशमा रहेको श्रीमानलाई फकाइ हाम्रै भविष्यको लागि पैसा जम्मा गरेर राखेका छौ भनेर अनेक गफ दिन्थे । श्रीमती प्रती लोप्साङको कुनै शंका थिएन । छुट्टीको बेला कल गर्दा छोरासंग गफिएर बस्ने लोप्साङले आफ्नी श्रीमती पहिला जस्तो बोल्न नखोज्ने, फोन घण्टौसम्म बिजी भैरहनेले उनमा छट्पट्टी हुन्थ्यो । तर आफ्नो दाईसँग कुरा गरेको भनी सपनाले ढाँटेर बोलिरहन्थिन । को, कहाँको दाई हो भनेर भन्दा निकै झर्केर बोल्ने गर्दथिन । कहिलेकाही १ हप्तासम्म सपनाको फोन अफ हुन्थ्यो । बिदेश गएको करिब ५ वर्षपछि लोप्साङ २०७९ साल साउनमा घर फर्किने तयारीमा थिए । श्रीमती सपनाले आफू नेपाल आउने भएको थाहा पाएपछी एक महिना अघिदेखि नै कल उठाएनन ।

सगुनको मस्त प्रेमलिलामा व्यस्त भैरहेका बेला उनले वास्ता समेत गरेनन । आफ्नो गल्ती ढाकछोप गर्न अनेक युक्ती निकाले । ४ वर्षे छोराको बिचल्ली पारे ।  कहिले पोखरा कहिले चितवन मस्त घुमेर रमाए । लोप्साङले आफ्नी श्रीमती किन पहिला भन्दा धेरै परिवर्तन भयो भन्ने प्रश्न उनको मनमा बारम्बार आइरहन्थ्यो । बिदेश जाँदा विमानस्थलसम्म आएकी श्रीमतीले मलाई धोका दिन सक्दैन भन्ने लागिरन्हन्थ्यो । कम्पनिमा बल्ल तल्ल छुट्टी लिएर उनी २०७९ साउनमा नेपाल आए । सपनाको फोन नउठेपनी उनले म्यासेन्जर र मोबाइलमा म नेपाल आइपुग्दैछु भनेर म्यासेज गरे । कुनै रिप्लाई आएन । बिमानस्थलमा उनलाई लिन आउँला भन्ने आशा थियो । सबै निराशमा परिवर्तन हुँदै गयो ।

बिदेशबाट आएको पहिलो दिन लोप्साङ आमाबुवासँगै बसे । दु:ख सुखका कुरा गरे । आफ्नी श्रीमती नहुँदा उनलाई सार्है नरमाइलो लागिरहेको थियो । बनेपा तिर डेरा लिएर बसेको भन्ने सम्म थाहा पाएका उनीहरुले बनेपामा आफ्ना आफन्तहरुलाई पनि सोधे । बल्ल तल्ल उनको डेरा पत्ता लाएर डेराको ढोका ढकडक्याए । आफ्नो सासु ससुरा र श्रीमान देख्ने बितिक्कै सपना आतीइन ।  मेरा डेरामा किन आएको भनेर अनेक अनेक भन्न थालिन्  । छोरा बुहारी मिलेर बस्नु भनेर लोप्साङको आमा बुवा भक्तपुर फर्किए । करिब ४५ दिन नेपाल बस्दा लोप्साङले श्रीमतिको मोबाइल छुन पनि पाएनन । बिदेशबाट पठाएको पैसाले जग्गा लिनुपर्छ भन्ने सोचले नेपाल आएका लोप्साङलाई श्रीमती सपनाले हिसाब किताब कुनै देखाएनन बरु आफ्नो आफन्त कहाँ बस्न थाले । छोरासँगै लोप्साङ दिनभर बस्थे । लोप्साङलाई निकै दुखी थिए । आफ्नो आँखा अगाडी नै परपुरुषसँग मेरो दाई हो भनेर मस्त गफ गरिरह्दा उनलाई निकै चित्त दुख्थ्यो । लोप्साङले सहनसम्म सहे । छोराको बिचल्ली पारेर राखेको, डेरामा नै संगै परपुरुष राखेको कुरा वरीपरिका डेरा बस्नेहरुले लोप्साङलाई सुनाएका थिए । मलाई नराम्रो बनाउन यस्तो गरेको हो भन्दै अनेक बहानाबाजी गरे । सपनाले रुवाउनु रुवाए । दु:ख दिनसम्म दिए ।

आफ्नो छोरा र श्रीमतिलाई आफ्नो आमा बुवासँग राख्छु भनेर लोप्साङले डेराको सामान गाडीमा लोड गरे । भक्तपुरमा अब आमा बुवासँगै बस्नुपर्छ भन्दा मानेनन । निकै लामो विवाद भयो । छोराको मायाले आउलिन भन्ने भयो । सपना आइनन । लोप्साङ मर्नु न बाँच्नुको दोसांधमा परे । रुदै रुदै उनी फेरी मलेसिया गए । उनलाई निकै नरमाइलो लाग्यो । मरितुल्य बनाएका उनले केही सोच्न पनि सकेनन । लोप्साङले आफ्नो दाई भनेर सपनाले भन्ने केटालाई खोज्नसम्म खोजे भेटेनन । सपनाले आफु बिदेश आएको केही दिनमा नै विवाह गरेको भन्ने खबर सुने । उनले आत्माहत्याको प्रयास समेत गरे । हाम्रो गाउंमा तपाईंको गाउं८को मान्छे विहे गरेर आइुगेको छ भनेर लोप्साङलाई आफन्तले फोटो पठाएका थिए । अविवाहित हुँ भन्दै विवाह गरेका सपनाले श्रीमानले दिएको १ तोला गहनासँगै २२ लाख बराबर पैसा पनि बोकेर गएकी छन । लोप्साङले आफुले मेहनत गरेर कमाएको पैसा फिर्ता हुनुपर्ने माग गरेका छन । लोप्साङका बुवाले जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा संपर्कबिहिन भएकी बुहारी झिकाइ छालफल गरी पाउ भनी निवेदन हालेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group