ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डढेलो निभाउन समस्या


एबीसी न्यूज
५ फाल्गुन २०७९, शुक्रबार   १२ : ४८   बजे

काठमाडौं,५ फगुन । लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालय ब्रावल नजिकको जङ्गलमा डढेलो लागेपछि सरकारी भवनको सुरक्षार्थ अग्नि रेखा निर्माण गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चेबाट सवा किलोमिटर दक्षिण ब्रावल भिरमा आज अचानक लागेको डढेलो नियन्त्रणभन्दा बाहिर गएपछि निकुञ्जको साथै नेपाली सेनाको व्यारेक सुरक्षाका लागि संयुक्त सुरक्षा दस्ताले अग्निरेखा तयार गरेको हो ।

डढेलो नियन्त्रण एवं अग्नि रेखा निर्माणका लागि निकुञ्ज कार्यालयका वन प्राविधिक, विष्णु दल गण , सशस्त्र प्रहरी बल २० नम्बर गुल्म र नेपाल प्रहरीका सुरक्षाकर्मी परिचालन भएको रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनुभयो ।

बढी भिरपाखो र निकुञ्ज स्थापना भएपश्चात् विसं २०३२ देखि सुरक्षित रहेको झाडी क्षेत्र भएकाले आगो निभाउन समस्या परेको जनाइएको छ । सुरक्षा अङ्गले पिक, सावेल, गल, घन, हम्बरको प्रयोग गरी सात सय मिटर भन्दाबढी अग्नि रेखा निर्माण गरिसकेको बताइएको छ ।

अग्नि रेखा निर्माण गरिएसँगै सरकारी संरचना सुरक्षित भएको सुरक्षाकर्मीले जानकारी दिएका छन् । यस्तै बुधबारदेखि गोसाइँकुण्ड जाने धार्मिक मार्गअन्तर्गत खन्तीको जङ्गल इलाका क्षेत्रमा लागेको डढेलोसमेत नियन्त्रणमा आउन सकेको छैन ।

डढेलोका क्षतिको विवरण अहिलेसम्म आँकलन नभएको र डढेलो नियन्त्रण गरेर मात्र लगत अध्यावधिक गरिने निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

भोटेकोसी बाढी नेपाल मात्र होइन, विश्वव्यापी संकटको संकेत हो : प्रचण्ड

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu